PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस जिल्ला सभापतिहरूको बन्दसत्रमा 'लन्च ब्रेक', उदघाटनमा बोल्न नपाएको भन्दै आक्रोश व्यक्त

कांग्रेस जिल्ला सभापतिहरूको बन्दसत्रमा 'लन्च ब्रेक', उदघाटनमा बोल्न नपाएको भन्दै आक्रोश व्यक्त

नेत्र तामाङ/पहिलोपोस्ट


हेटौंडा: नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलाको दोस्रो दिन बन्दसत्र शुरू भएको छ। बन्दसत्रमा सभापतिहरुलाई अहिले लन्च ब्रेक दिइएको छ।

हेटौंडा स्थित पल्पसा हलमा बिहान ११ बजे शुरू भएको बन्दसत्रमा अहिलेसम्म १२ जिल्ला सभापतिहरुले आफ्नो भनाई राखिसकेका छन्। १ बजेसम्ममा लमजुङका  भेषबहादुर पौडेल, इलामका हिमालय कर्माचार्य, चितवनका जितनारायण श्रेष्ठ, रामेछापका लवश्री न्यौपाने, वागलुङका दिपेन्द्रबहादुर थापा, तेह्रथुमका गोविन्द ढुंगाना, कास्कीका कृष्ण केसी,  बाजुराका कविराज पण्डित, भोजपुरका नन्दमणि राई, कालिकोटका हर्षबहादुर बम, रुकुमका प्रेमप्रकाश वली र दोलखाका रुद्रबहादुर खड्काले बोलिसकेका छन्।

सभापतिहरुले एकताका कुरा गर्ने तर उदघाटनमा जिल्ला सभापतिलाई बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यसैगरी उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता बढेको र निर्वाचित हुनुपर्ने पदहरुमा नियुक्ती दिन थालेको आरोप लगाएका छन्। भेलामा सबै सभापतिहरुले निर्वाचनको समीक्षात्मक टिप्पणीसमेत पेश गरिरहेका छन्।

सबै जिल्लाका सभापतिहरुले बोल्ने भएकोले बन्दसत्र भोलिसम्म लम्बिने बताइएको छ।

८ केन्द्रीय सदस्यले बाँडे पुरानो पत्र



भेलामा कांग्रेसका युवा नेताहरूले जिल्ला सभापतिहरूलाई ५१ पृष्ठ लामो धारणापत्रसमेत बाँडेका छन्।

निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा केन्द्रीय कार्यसमितिमा गत वैशाख १२ गते प्रस्तुत पत्र बाँडेका थिए।

उक्त पत्र केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरूङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवको नाम उल्लेख गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell