PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो



पहिलोपोस्ट

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

नयाँदिल्लीः भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ। 

अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ। 

आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिए। 

उनले भने, “आज त्यहाँ हिंसात्मक घटना र आतङ्कवादीहरू बढिरहेकै छन्, त्यसतर्फ केही काम हुन सकेन।” 

नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकोले गठबन्धनमा बस्नुको औचित्य नरहेको उनले बताए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell