PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रसिया विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो सेनेगल, पोल्याण्ड २-१ ले पराजित

रसिया विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो सेनेगल, पोल्याण्ड २-१ ले पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन राष्ट्र बन्ने क्रममा सेनेगलले समूह एच को खेलमा युरोपियन राष्ट्र पोल्याण्डलाई २-१ ले पराजित गरेको छ।

जितसँगै दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगले महत्वपूर्ण ३ अंक जोडेको छ। यसअघि अफ्रिकन राष्ट्रहरु इजिप्ट, मोरोक्को, नाइजेरिया र ट्युनिसियाले पहिलो खेलमा हार बेहोरेका थिए।

३७औँ मिनेटमा गाना गुएयेको प्रहार रोक्न खोज्दा पोल्याण्डका थियागो सियोनेकको खुट्टा लागेर बल गोलपोष्टमा छिरेपछि सेनेगलले अग्रता लिएको थियो। ६०औँ मिनेटमा एमबाये नियाङले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए। ८६औँ मिनेटमा ग्रेगोज किर्चोवियाकले एक गोल फर्काएपनि पोल्याण्डको लागि हार टार्न ढिला भइसकेको थियो।

सन् २००२ मा पहिलो सहभागितामै साविक विजेता फ्रान्सलाई पराजित गर्दै शनसनी मच्चाएको सेनेगलले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यतिबेलाका कप्तान अलि सिसे अहिलेका सेनेगल टिमका प्रशिक्षक समेत हुन्।

विश्वकपमा सेनेगलले अहिलेसम्म समूह चरणमा खेलेका ४ खेलमा हारे बेहोरेको छैन। १६ वर्षअघि समूह चरणको १ खेलमा जित तथा २ खेल बराबरी गरेको सेनेगलले रसियामा पहिलो खेलमै जित हात पार्दै शानदार सुरुवात गरेको छ।

यसै समूहको अर्को खेलमा जापानले कोलाबियालाई पराजित गर्दै ३ अंक जोडेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell