PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्लेअर्स टु वाच : लेवान्डोस्की भर्सेस माने



पहिलोपोस्ट

प्लेअर्स टु वाच : लेवान्डोस्की भर्सेस माने

रसिया विश्वकप २०१८ अन्तर्गत आज राती ९:४५ बजे समूह एचमा रहेकन पोल्याण्ड र सेनेगल भिड्दैछन्। १६ वर्षपछि विश्वकपमा छनोट भएको सेनेगल र १२ वर्षपछि छनोट भएको पोल्याण्ड जितका साथ विश्वकप सुरु गर्ने दाउमा छ। त्यसका लागि दुवै टोली तयार छन्। दुवै टोलीमा रहेका मुख्य फरवार्ड युरोपको ठूला क्लबमा खेल्छन् र उनीहरु ने यस खेलको मुख्य आकर्षकणको रुपमा रहेका छन्।

पोल्याण्डका कप्तान समेत रहेका रोबर्ट लेवान्डोस्की र सेनेगलका साडियो मानेमाथि सबैको नजर रहेको छ।


रोबर्ट लेवानडोस्की, पोल्याण्ड

२९ वर्षिय रोबर्ट लेवानडोस्की पोल्यान्ड फुटबल टोलीका कप्तान हुन्। पोल्यान्डका लागी ९५ खेलमा उनले ५५ गोल गरेका छन्। २०१८ मा मात्रै ४ खेलमा उनले ४ गोल गरेका छन्। लेवानडोस्की पोल्यान्डका सर्वाधिक गोलकर्ताका हुन। उनले सिया विश्वकप छनौटमा सर्वाधिक १६ गोल गर्ने गरेका थिए। हाल वायर्न म्युनिखबाट फुटबल खेल्दै आएका लेवानडोस्कीले स्ट्राइकरका रुपमा विभन्न क्लबमा रही ३३२ गोल गरिसकेका छन्। लेवानडोस्की २०१६-२०१७ बुन्डेसलिगाका वर्ष खेलाडी घोषित भएका थिए।

 

साडियो माने, सेनेगल

२६ वर्षिय सडियो माने सेनेगल फुटबल टोलीका स्टार खेलाडी हुन्। फरवार्डका रुपमा उनले सेनेगलका लागी ५२ खेलमा १४ गोल गरेका छन्। माने लिभरपुलबाट विङ्गरका रुपमा खेल्छन्। टोलीमा राम्रो प्रदर्शनका कारणले मात्र होइन उनले मैदान बाहिर गरेको समाजसेवाबाट पनि माने धेरैका लागी प्रेरणा बनेका छन्। २०१२ मा सेनेगल फुटबल टोलीमा डेब्यु गरेका मानेले २०१२ ओलम्पिक, २०१५ र २०१७ को अफ्रिकन कप अफ नेसनेसमा राम्रो प्रदर्शन गरेका थिए। साउथह्याम्पटन, लिभरपुल लगायतका कल्बबाट खेलेर उनले १०५ गोल गरेका छन्। सडियो माने २०१६-१७ मा लिभरपुल वर्ष खेलाडी घोषित भएका थिए।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell