PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फोटोमा हेर्नुस्, डा. देवकोटालाई श्रदाञ्जली दिन न्युरो अस्पतालमा पुगेका नेता र शुभेच्छुक  

फोटोमा हेर्नुस्, डा. देवकोटालाई श्रदाञ्जली दिन न्युरो अस्पतालमा पुगेका नेता र शुभेच्छुक  

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई श्रदाञ्जली दिन राजनीतिक दलका नेतादेखि शुभेच्छुकसम्म न्युरो अस्पताल पुगेका छन्।

श्रदाञ्जलीका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ लगायतका नेताहरु बिहान अस्पताल पुगेका छन्।

यस्तै महान्यायाधिवक्ता अग्नि खरेल, नेकपाका नेताद्वय बामदेव गौतम, योगेश भट्टराई नेतृ पम्फा भुसाल लगायत पनि अस्पताल पुगेका छन्।

प्रदेश ३ को प्रदेश प्रमुख अनुराधा कोइराला, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षेत्री पनि न्युरो अस्पताल पुगेका छन्।

नेताहरुसँगै शुभेच्ँछुक र सर्वसाधरण पनि न्युरो अस्पताल पुगेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell