PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'वीराङ्गना'को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'वीराङ्गना'को ट्रेलर सार्वजनिक

काठमाडौं: एक्सन विधामा बनेको फिल्म 'वीराङ्गना'को ट्रेलर सार्वजनिक भएको छ। सामाजिक सञ्जाल युट्युब मार्फत निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

असार २९ लाई प्रदर्शन टार्गेट गरिएको फिल्ममा कलाकारहरु शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाईं, प्रज्वल गिरी, शुशिल पोखरेल, प्रिया रिजाल लगायतको अभिनय छ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बनेको छ। बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्ट फिल्मका निर्माता हुन्। फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बस्यालको कोरियोग्राफी, हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell