PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्लेयर्स टु वाच : ट्युनिसियाविरुद्ध इंग्ल्यान्ड



प्लेयर्स टु वाच : ट्युनिसियाविरुद्ध इंग्ल्यान्ड

आज ट्युनिसियाले १९६६ विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्दैछ।  इंग्ल्यान्ड हालसम्म कुनै अफ्रिकी राष्ट्रसँग पराजित भएको छैन। यो विश्वकपमा इंग्ल्यान्डको टिम युवा अनुहार र ताजा जोशले भरिएको छ। यता, ट्युनिसिया विश्वकपमा आफ्नो पछिल्ला ११ खेलमा पराजित हुदै आएको छ। तसर्थ, आज हुने खेलमा प्रस्तुत खेलाडीहरुको प्रदर्शनमा सबैको नजर रहनेछ।  


ह्यारी केन (इंग्ल्यान्ड)

२४ वर्षिय टोटेनह्याम हटस्परका स्ट्राइकर ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन। युवाहरुको वर्चश्व रहेको इंग्ल्यान्डको नेतृत्व गरिरहेका ह्यारीले इंग्ल्यान्डका लागि २४ खेलमा १३ गोल गरेका छन्। इंग्ल्यान्ड टिममा युवा चरणदेखी नै खेल्दै आएका ह्यारीलार्इ २०१७ मा 'गार्डियन'ले वेस्ट फुटबलर अन द प्लानेटको सूचीमा पाचौं नम्बरमा राखेको थियो। २०१८ विश्वकप क्वालिफायरमा उनले स्लोभेनिया र स्कटल्याण्ड विरुद्ध गरेको गोलले इंग्ल्यान्ड रसिया विश्वकप २०१८ मा छनौट भएको थियो। उनलार्इ इंग्ल्यान्ड वर्ष खेलाडी २०१७ बाट पनि सम्मानित गरिएको थियो। 

डयानी वेलबेक (इंग्ल्यान्ड)

इंग्ल्यान्ड २०१८ विश्वकप टोलीमा रहेका खेलाडीहरमध्ये डयानी वेलबेकले सर्वाधिक गोल गरेका छन्। इंग्ल्यान्डका लागि ३९ खेलमा उनले १६ गोल गरेका छन्। २७ वर्षिय वेलबेक इंग्लिश क्लब आर्सनलबाट खेल्दै आएका छन्। फर्वार्डका रुपमा खेल्ने उनी विङ्गरको भमिकामा पनि खेल्न सक्छन्। १६ वर्षको उमेरमा इंग्ल्यान्डको टिममा डेब्यु गरेका वेलबेकले म्यानचेस्टर युनाइटेड, आर्सनल लगायतका क्लबहरुका लागि हालसम्म ६४ गोल गरेका छन्। 

वाहबी खजरी (ट्युनिसिया)

ट्युनिसियाका लागी ३५ खेलमा सर्वाधिक १२ गोल गरेका खजरी लिग वानमा रेननस र लोनमा सन्डरल्यान्डका लागि खेल्छन्। एट्याकिङ् मिडफिल्डरको भूमिकामा खजरीले आज आफ्नो समूहकै बलियो टिम इंग्ल्यान्डको युवा टिमको सामना गर्दैछन्। विभिन्न क्लबमा रही ६३ गोल गरेका खजरी ट्युनिसियाका स्टार खेलाडी हुन्। इंग्ल्यान्ड सँगको खेलमा उनको प्रदर्शन राम्रो रहनेमा प्रशिक्षक नाबिल मालउल विश्वस्त छन्।

सबेर खलिफा (ट्युनिसिया)

सबेर खलिफा ट्युनिसियाली टिमका सबैभन्दा अनुभवी खेलाडी हुन्। २०१८ विश्वकपमा ट्युनिसियाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरु मध्य उनले सर्वाधिक ४४ खेल खेलेका छन्। स्ट्राइकर र विङ्गरका रुपमा राम्रो प्रदर्शन गरेका खलिफा क्लब अफ्रिकनबाट खेल्छन्। खलिफासँग २०१० देखि अफ्रिकन कप अफ नेस्नसमा खेलेको अनुभव पनि छ।  इंग्ल्यान्डको युवा टिममाथि उनको अनुभवर दक्षताले ट्युनिसिया टिमले उपयोग हुनसक्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell