PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कोलम्बियाको राष्ट्रपतिमा इभान डुके विजयी, फार्क विद्रोहीसँगको शान्ति सम्झौता परिमार्जन गर्ने



कोलम्बियाको राष्ट्रपतिमा इभान डुके विजयी, फार्क विद्रोहीसँगको शान्ति सम्झौता परिमार्जन गर्ने
फोटो : AFP

बोगोटा : कोलम्बियाको राष्ट्रपति पदमा कन्जर्भेटिभ नेता इभान डुके निर्वाचित भएका छन्।  डुके ५४ प्रतिशतभन्दा धेरै मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले कंग्रेसमा विद्रोहीहरुको प्रतिनिधित्व गराउने र उनीहरुलार्इ निर्वाचनमा सहभागीहुन दिने निर्णयमा पुर्नविचार गर्ने बताएका छन्। इभान कोलम्बियामा फार्क विद्रोहीहरूसँग भएको शान्ति सम्झौता पूर्ण परिमार्जन गर्ने नीतिसहित चुनाव लडेका थिए।

५ दशक लामो सरकारसँगको युद्धमा विद्रोहीहरुले कथित रुपमा गरेको युद्धअपराधका लागी कडा दण्डको व्यवस्था गर्ने पनि डुकेले बताए। अब राष्ट्रमा कुनै विभाजन नहुनै भन्दै उनले आफ्नो सबै शक्ति राष्ट्रलार्इ एकताबद्ध गर्नमा लगाउने बताए।
 
उनका प्रतिद्वन्द्वी गुस्ताभो पेट्रोले ४१ प्रतिशत मत मात्र प्राप्त गरे। पूर्व वामपन्थी छापामार र फार्क विद्रोहीहरूसँग भएको शान्ति सम्झौताका समर्थक रहेका पेट्रोले पराजय स्विकार्दै सबै शक्तिलार्इ साथमा लिएर अगाडी बढ्न इभान डुकेलार्इ आग्रह गरेका छन्।

२ लाख भन्दा बढी जनताको ज्यान गएको र लाखौं जनता विस्थापित भएको सशस्त्र विद्रोह २०१६ मा सरकार र फार्क विद्रोहीहरूसँगको शान्ति सम्झौतासँगै अन्त्य भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell