PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिस क्यु किडको उपाधि आयुषालाई



मिस क्यु किडको उपाधि आयुषालाई

सुर्खेत: मास्टर एन्ड मिस क्यु किड सुर्खेतको उपाधि आयुष गरन्जामगर र मिर्नाली केसीले जितेका छन्। स्टार अफ टुमारोले आयोजना गरेको सो प्रतियोगिताको फिनालीमा आयुषले १० जना र मिर्नालीले १२ जना प्रतिस्पर्धीलाई उछिनेर सो उपाधि जितेका हुन्। 

आयुष उषा बालबाटिका र मिर्नाली प्रतीक्षा मोन्टेश्वरीमा अध्ययनरत छन्। विजयी दुबैले दस÷दश हजारसहित एक÷एक वटा साइकल र उपहार प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायकमा मिस टिन अनुष्का कार्की, मिस सुर्खेतद्वय रन्जना केसी, श्रुति खड्का र कलाकार प्रेम शर्मा रहेका थिए। 

१० बर्ष मुनिका बालबालिकाका प्रतिभालाई उजागर गर्न लागि सुर्खेतमा पहिलो पटक मास्टर एण्ड मिस क्युट किड प्रतियोगिता गरिएको आयोजक स्टार अफ टुमारोका अध्यक्ष रमेश शाहीले जनाए। उक्त प्रतियोगितामा कूल ८६ जना सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell