PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'कस्मिक लभ'को छायाँकन प्रारम्भ



पहिलोपोस्ट

'कस्मिक लभ'को छायाँकन प्रारम्भ

काठमाडौं:  मुभी मेकर्सको ब्यानर बन्ने फिल्म 'कस्मिक लभ'को छायाँकन प्रारम्भ भएको छ। काठमाण्डौंबाट फिल्मको छायाँकन सुरु भएको हो।सुरज प्रधानको प्रस्तुती रहने फिल्ममा कलाकार अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्के लगायतको मुख्य अभिनय रहनेछ।

रिजन थापा तथा पुजन थापाले फिल्मबाट डेब्यु गर्दैछन्। रोमान्स विधामा बन्ने फिल्ममा जय गौतमको लगानी रहेनेछ। डिएन दाहाल फिल्मका कार्यकारी निर्माता हुन्। बिएस बलामी तथा एस अधिकारीको निर्देशनमा बन्ने फिल्ममा शेखर ज्ञवालीको कथा, बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन रहनेछ।

बिपिन मल्लले सम्पादन फिल्ममा राजाराम पौडेल,पुरन थापा,देब महर्जन तथा सागर खनालको अभिनय रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell