PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शिल्पीमा सेलो नाट्य महोत्सव शुरु, सोमबारसम्म चल्ने

शिल्पीमा सेलो नाट्य महोत्सव शुरु, सोमबारसम्म चल्ने


काठमाडौं: नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेशनको आयोजनामा काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा ‘सेलो नाट्य महोत्सव’ शुरु भएको छ।

आज प्रमुख अतिथि पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले महोत्सवको सुरुवात गरे। ४ गतेसम्म चल्ने महोत्सवको लागि ५ वटा नाटक छानिएको छ। आज फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’ मञ्चन गरियो।

छनोटमा परेका नाटकहरुमा भाषाविद् अमृत योञ्जन तामाङको लेखन र निशा पाख्रिनको निर्देशन रहेको नाटक ‘स्यालगार', वसन्त चौधरीको लेखन र शान्ति वाइवाको निर्देशन रहेको कविता नाटक 'ङाला फ्रेङबा धोङला टा', ल्हाप्साङ कर्पो म्युजिकको तर्फबाट रोशन फ्युवाले संयोजन गरेको लोकनाटक ‘लालिमो’, सत्यदेवी काठमाडौं सम्पर्क समाजको तर्फबाट मारनेन वाइबाले संयोजन गरेको लोकनाटक ‘ताचेमा’(घोडाचडी) छन् ।

महोत्सव पूस्तक तथा भेषभुषा एवं तामाङ मौलिक खानाका स्टलहरुसमेत राखिएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell