PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोखरेली दर्शकमाझ 'कुरूप हास' : पुस्तकमा पढेको कथा मञ्चमा



पहिलोपोस्ट

पोखरेली दर्शकमाझ 'कुरूप हास' :  पुस्तकमा पढेको कथा मञ्चमा

पोखरा : डेनिस लोक कथा 'द अग्ली डकलिङ' (कुरुप हाँस) मञ्चमा देखाइयो। अङ्ग्रेजी पाठ्यक्रममा समावेश कथालाई नाटकको रूपमा परिकल्पना गरिएको हो। नाटक पोखराको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको छ।

शुक्रवार पोखराका प्रगति बोर्डिङ स्कुल, पुर्वाञ्चल बोर्डिङ स्कुल, नेशनल इन्भेन्टीभ स्कुल र अल्फा बोर्डिङका विद्यार्थीहरूले नाटक हेरे। किताबमा पढेको कथा मञ्चमा हेर्न पाउनुले पात्रहरूलाई नजिकबाट चिन्न महसुस गरेको बताए।

नाटकमा रूप वा बाहिरी सौन्दर्यलाई लिएर गरिने विभेदको कथा देखाइन्छ। जहाँ हाँसलाई विम्बात्मक रूपमा केन्द्रीय पात्र बनाइएको छ।

नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पना एवं निर्देशन गरेका हुन्। नाटक बारे निर्देशक भन्छन्,'रूप रङ्गको आधारमा समाजमा हुँदै आएको भेदभाव र दबाबलाई कथामा भनिएको थियो। त्यसैलाई नाटकको रूप दिएँ।' कथालाई पाठ्यक्रममा पढेका विद्यार्थीहरूले हेरेकोमा खुसी व्यक्त गर्दै उनले भने,'नाटक संवाद बिना विम्बात्मक भए पनि कथा पढेका विद्यार्थीहरूलाई बुझ्न सहज भयो र कोर्सका निम्ति निकै सहयोगी बन्यो भन्ने विश्वास छ।’

आफूलाई नाटकले कोर्समा सहयोग सँगै कलामार्फत आफ्नो कुराहरु कलामार्फत भन्न प्रेरित गरेको नाटक हेर्न अाएका विद्यार्थी सौरभ तिम्लिसिनाले बताए।



सांगीतिक नाटकमा कलाकारहरू नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीको अभिनय रहेको छ।

नाटक असार ३ गतेसम्म दिउसो १ बजे र साँझ ५:३० बजे नियमित मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell