PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तीन फिल्मका गीत सार्वजनिक



पहिलोपोस्ट

 तीन फिल्मका गीत सार्वजनिक

काठमाडौं:  तीन नेपाली फिल्मका गीत सार्वजनिक भएका छन्। फिल्म 'रोमियो एण्ड मुना', 'चि मुसी चि' र 'जय भोले' का तीन गीत सार्वजनिक भएका हुन्।

'रोमियो एण्ड मुना'को 'भेडेटार घुमौला' बोलको गीतको भिडियोमा कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन्।  कोशिस क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ।

नरेश कुमार केसी निर्देशित फिल्म साउन ११ देखि प्रदर्शनमा आउनेछ। फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी लगायतको अभिनय छ। प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य फिल्मका निर्माता हुन्।

त्यस्तै फिल्म 'चि मुसी चि'को शिर्ष गीतमा सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको छ। आगामी साउन ११ मा प्रदर्शन हुने फिल्मको गीतको भिडियोमा नम्रता सापकोटा फिचर्ड छिन्। गीतमा सुजाता पाण्डेको स्वर रहेको छ।  सुन्न सकिन्छ । गीतको भिडियोमा नम्रता सापकोटा, सुनिल क्षेत्री र अलिशा शर्मा शिवराज शर्मा फिचर्ड छन्। गीतको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्।

म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ फिल्मका निर्माता रहेका छन्।  फिल्ममा बासु न्यौपानेको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘जय भोले’ आगामी दशैंमा रिलिज हुनेछ। फिल्मको 'उम्लियो भने पोखिन्छ' बोलको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, राजाराम पौडेल, जयनन्द लामा फिचर्ड छन्।  

 राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर रहेको गीतमा मेलिना राईको स्वर रहेको छ। गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell