PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


भोलिदेखि तीन महिना सडक खन्न नपाइने


भोलिदेखि तीन महिना सडक खन्न नपाइने

काठमाडौँ : सरकारले कुनैपनि प्रयोजनको लागि वर्षायाममा सडक खन्न नदिने घोषणा गरेको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत गरी पहिलेकै अवस्थामा ल्याउन नसकिने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक खन्न स्वीकृति नदिने सूचना जारी गरेको छ।

वर्षायाममा सडक खन्दा सडक तत्काल मर्मत गर्न त सकिदैन भने सडक थप बिग्रिने र हिलो भएर जनताले सास्ती पाउने भन्दै असार १ गते देखि भदौ ३१ गतेसम्मको अवधिमा सडक खन्न स्वीकृति नदिने भएको हो।

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गतका कुनै पनि साना ठूला भित्रि बाहिरि सडक खन्नलाई प्रतिबन्ध लगाइएको हो। कसैले जवर्जस्ती सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कडाभन्दा कडा कार्वाही गरिने मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ। 



भोलिदेखि तीन महिना सडक खन्न नपाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट