PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कलाकार भीमबहादुर थापाको आर्यघाटमा अन्त्येष्टि



कलाकार भीमबहादुर थापाको आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ : वरिष्ठ कलाकार भीमबहादुर थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलि दिन वसुन्धरा भुसाल, दीपाश्री निरौलालगायत कलाकार आर्यघाट पुगेका थिए।

९३औँ वर्षका उमेरमा आज बिहान २ बजे उनको निधन भएको थियो। 

लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ। थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गरेका थिए। उनले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell