PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

५० हजार लिटर मदिरा प्रहरीले यसरी पारे नष्ट

५० हजार लिटर मदिरा प्रहरीले यसरी पारे नष्ट


काठमाडौं: अवैध रुपमा बनाएको ५० हजार लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानिको बौद्ध, नयाँ बसपार्क, चावहिल, कालिमाटी लगायतका क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा नष्ट गरेको हो।

अवैध रुपमा स्वास्थ्यलाई हानिकारक मदिरा बनाइरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो। मदिरामा हानिकारक पदार्थहरु मिसाएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने' मदिरा बनाउन मानव स्थास्थ्यलाई असर गर्ने बस्तुहरु मिसाइएको पाइएको छ।'

मदिरा बनाउन युरिया मल, पूरानो फोहरो कपडा लगायतका बस्तुहरु मिसाएको प्रहरीको दाबी छ। राजधनीमा बन्ने घरेलु मदिराको अनुगमन जारी राख्ने एसएसपी पोखरेलले बताए।  


ट्रेन्डिङ पोस्ट

Ncell