PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ट्रम्प र किमबीच एेतिहासिक सम्झौता, विश्वले चित्रित गरे भन्दा फरक रहेछन् किम- ट्रम्प



पहिलोपोस्ट

ट्रम्प र किमबीच एेतिहासिक सम्झौता, विश्वले चित्रित गरे भन्दा फरक रहेछन् किम- ट्रम्प

काठमाडौं : अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको ऐतिहासिक वार्ता सम्पन्न भएको छ। दुई नेताबीच वार्ता सकारात्मक भएको भन्दै घोषणापत्रमा समेत हस्ताक्ष गरेका छन्। ४५ मिनेट लामो फेस टु फेस वार्तापछि उनले अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमसँग सहमतिमा हस्ताक्षर गर्ने बताएका थिए। 

‘हामी एउटा  महत्त्वपूर्ण डकुमेन्टमा हस्ताक्षर गर्दै छौँ। एउटा व्यापक डकुमेन्ट। हामीबीच एउटा महान् सम्बन्धको सुरुवात भएको छ। हामी दुवै यो डकुमेन्टमा हस्ताक्षर गर्न पाउँदा सम्मानित महसुस गरेका छौँ,’ वार्तापछि वार्ता सम्पन्न भएको पत्रमा हस्ताक्षर गर्दै ट्रम्पले भने।  

सो क्रममा नेता किमले भने, ‘हामीले एउटा नयाँ सुरुवात गर्दै छौँ। यो हस्ताक्षसँगै विश्वले भन्ने छ एउटा महत्त्वपूर्ण परिवर्तन। म राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन चाहन्छु उहाँको अथक प्रयासपछि यो सफल भएको छ।’ 

राष्ट्रपति ट्रम्पले भने, ‘दुवै पक्षको अथक प्रयासपछि एउटा महत्त्वपूर्ण सहमति हुँदैछ। हामी त्यसमा पनि छिट्टै हस्ताक्ष गर्ने छौँ।’  

राष्ट्रपति ट्रम्पले किम संसारले सोचे भन्दा फरक भएकोसमेत बताए। 'कसैले सोचे भन्दै मैले उहाँलाई यो समय नजिकबाट नियाले उहाँलाई विश्वले कल्पना गरेभन्दा पनि राम्रो विश्वले चित्रण गरे भन्दा पनि फरक पाँए,' उनले भने
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell