काठमाडौं: गायक दीपक खरेलको नयाँ गीत सार्वजनिक भएको छ। 'मेरो नेपाल' बोलको गीत युट्यबमार्फत रिलिज भएको हो।
सार्वजनिक गीतमा दीपक खरेलको स्वर, दीपक जंगमको संगीत र विजय सिवाकोटीको शब्द रहेको छ।
राजेश श्रेष्ठले निर्देशन गरेको भिडियोमा यी तीनजना संगीतकर्मी देखिएका छन्। भिडियोलाई ह्यारी महर्जनले खिचेका हुन्।