PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विकासको बाधक हिन्दु परम्परा : बाबुराम भट्टराई



विकासको बाधक हिन्दु परम्परा : बाबुराम भट्टराई

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको धार्मिक संस्कृति विकास र समृद्धिको बाधक रहेको बताएका छन्। उनले अहिलेको नेपालको धार्मिक संस्कृति हिन्दु परम्परालाई परिवर्तन नगर्दासम्म समृद्धि हासिल नहुनेसमेत बताए। 

काठमाडौंमा आयोजित ‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेपालका लागि संकल्प’ विषयक कार्यक्रममा उनले भने, ‘विकास र समृद्धि भनेको संस्कृति पनि हो। विचार र आचरणलाई संस्कृतिमा विकास गर्न सकिएन भने आर्थिक विकास गर्न सक्दैनौं हाम्रो धर्म र संस्कृतिले विकास गर्न सक्दैन।’

‘यो जन्ममा दुःख गर अर्को जन्ममा सुख पाउँछौँ भन्ने हाम्रो संस्कृति छ। यो संस्कृतिले हामीलाई यही जन्ममा विकास र समृद्धि हासिल गर्न सक्दैनौँ भन्ने शिक्षा दिन्छ,’ उनले अगाडि थपे, ‘यसलाई परिवर्तन गर्न जरुरी छ।’ 

उनले आर्थिक समृद्धिका लागि भू राजनीतिक सन्तुलन कायम गरेर अगाडि बढाउनुपर्ने बताए। उनले विकास र समृद्धिका प्राथमिकताहरु पहिचान गरेर अगाडि बढ्नुपर्ने बताए।
 
‘नीतिगत रुपमा राज्यले प्रष्ट पारेर निजी क्षेत्र र  विदेशी लगानी क्षेत्रको विधा कुन कुन हुन् भन्ने तय गरौं। नीति निर्माण क्षेत्रमा ध्यान दिऔं,’ उनले भने। उनले खुला सिमाना राखेर आर्थिक विकास हुन नसक्ने समेत बताए।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell