PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विश्वकपका लागि हाँस्न सिक्दै रसियन!



विश्वकपका लागि हाँस्न सिक्दै रसियन!
फोटो :BBC

विश्व कप सुरु हुन केही दिन बाँकी रहँदा रसियाको  रेल विभाग, फिफा र मस्को मेट्रो जस्ता थुप्रै संस्थाहरूले उनीहरूको कर्मचारीहरूका लागि विशेष प्रशिक्षण सञ्चालन गरेका छन्। कर्मचारीहरूलार्इ विदेशी पर्यटकसँग विनम्र  र सहयोगी हुन र विशेष गरी  बढी हाँस्न सिकाइदैछ
त्यहाँका मनोचिकित्सकका अनुसार प्रायः  रसियन अपरिचित व्यक्तीहरुसँग हासेर कुरा गर्दैनन्।
  
मनोचिकित्सक इलनारा मुस्तफिनाका अनुसार रसियनहरु सामान्यतया मुस्कुराउँदैनन्।  त्यसैले जब विदेशीहरु रसिया आउँछन्,  तिनीहरु रसियन मित्रतापूर्ण छैनन् भन्छन्। त्यसैले रसियनहरुलार्इ हाँस्न सिकाउनुपर्छ र  उनीहरुको व्यवहारमा परिवर्तन गर्नुपर्छ भन्ने तर्क गर्छिन इलनारा। 

रसियामा सार्वजनिक रुपमा हाँस्दा तपार्इ समस्यामा पर्न सक्नुहुन्छ।
 

चलचित्र निर्देशक युलिया मेलामेडलार्इ रसियामा एक दिन  एक प्रहरीले रोकेछन् जसबाट उनी धेरै रिसाएकी थिइन् । उनलार्इ  आफ्नो परिचयपत्र देखाउन भनियो। पछि जब युलियाले आफूलार्इ रोक्नुको कारण सोधिन् त्यस प्रहरीले उनी हाँसिरहेकीले उनलार्इ रोकेको भनी उत्तर दियो। 
रसियामा एक  विदेशी बाटोमा हाँस्दै हिड्दै गर्नु अनौठो  हुने, र त्यसबाट शंका उत्पन्न हुने युलियाले बताइन्। 

तर आज कैयौं रसियन त्यसतो व्यवहारमा परिवर्तन गर्न कोसिस गर्दैछन्। रसियाका पार्कहरुमा उनीहरु लाफ्टर योगा सिक्दै गरेको भेटिन्छन्। लाफ्टर योगा सिक्दै गरेकी जेमफिरा कमलेयेभाका अनुसार यो योगाले उनलार्इ खुसी र शक्ति दिएको छ।  सबै कुरा सम्भव छ  र म सबै गर्न सक्छु  भन्ने हिम्मता उनमा आएको छ।
 
रसियनले आफ्नो अनुहारमा हाँसो ल्याउन सक्छन भन् कुरा यसले देखाएको लाफ्टर योगाका सहभागीहरु बताउँछन् ।  -बिबिसि



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell