PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिंगापुर उत्रे किम जोङ उन, ट्रम्प पनि आजै पुग्ने



सिंगापुर उत्रे किम जोङ उन, ट्रम्प पनि आजै पुग्ने

सिंगापुर : उत्तर कोरियाली नेता किम जोंङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो निर्धारित शिखर बैठकको लागि सिंगापुरमा पुगेका छन्। सिंगापुरका विदेशमन्त्री विभियान बलकृष्णनले टविट् गर्दै किम सिंगापुर आइपुगेको जानकारी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि आजै सिंगापुर पुग्दै छन्।
 

किम र ट्रम्प बिच हुने भनिएको शिखर बैठक सिंगापुरको सेन्तोसा टापुमा  मंगलबारका (जुन १२) लागि बैठक तय भएको छ। उत्तर कोरियालीका नेताले कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिलार्इ पहिलो पटक भेट गर्दैछन्।
 
वासिङटनले यो बैठक फल्दायीहुने र उत्तर कोरिय निशष्त्रिकरणको बाटोमा अग्रसर हुने विश्वास लिएको छ। यो बैठकबाट कोरियाको विभाजनपछि दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ।
 
दुई नेताहरुको सुरक्षाको जिम्मेवारी संसारको सबैभन्दा ठूलो तथा शक्तिशाली योद्धाहरुको समूह नेपालका गोर्खाहरुले गर्दैछन्।

शिखर बैठकअघि दुवै नेताहरुले सिंगापुरका प्रधानमन्त्री लि हिसेन लुङ्सँग भेट गर्नेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell