PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन 'फिर्ता भएनन् पिएसओ र अर्दली'


सविन ढकाल

पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन 'फिर्ता भएनन् पिएसओ र अर्दली'

काठमाडौँ: उच्च ओहोदामा रहेका नेतादेखि कर्मचारीहरूले समेत नेपाल प्रहरीको दुरुपयोग गर्ने गरेको घटना नौलो होइन। भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। गृहमन्त्रालय अनावश्यक सुरक्षाकर्मी फिर्ता गर्न आह्वान गरे पनि अझै केही पूर्व प्रहरीहरूले सुरक्षाकर्मी राखिराखेको रेकर्ड गृहमन्त्रालयमा आइपुगेको छ।

पूर्वएआइजी कल्याण तिमल्सिना, बमबहादुर भण्डारी, मधु पुडासैनी, राजेन्द्रसिंह भण्डारी, डिआइजी सुरेन्द्र पाल लगायत पूर्वप्रहरीहरुले सुरक्षाकर्मीहरू फिर्ता गरेका छैनन्। उनीहसँग अहिले पनि दुईदेखि तीन जनासम्म सुरक्षाकर्मी भएको गृह स्रोतले जानकारी दिएको छ।

पूर्वआइजीपी अच्युतकृष्ण खरेलले पनि सुरक्षाकर्मी फिर्ता नगरेको गृह स्रोतको भनाई छ।

पूर्वएआइजी तिमिल्सनाले जवान गोपी तामाङ तथा प्रहरी  ओमबहादुर कुँवर र हेमबहादुर भुजेल घरमा अर्दलीको रूपमा राखेका प्रहरी अझै फिर्ता गरेका छैनन्।

बमबहादुर भण्डारीको घरमा पनि तीन जना सुरक्षाकर्मी रहेका छन्। प्रहरी जवान सञ्जय यादव, गणेश सुवाल र अन्य एक जना जवान छन्। पूर्वएआइजी मधु पुडासैनीले तीन जना सुरक्षाकर्मी नियम विपरीत राख्दै आएको गृह स्रोतले जनाएको छ।

राजेन्द्रसिंह भण्डारीको घरमा तीन जना सुरक्षाकर्मी रहेको देखिएको छ।

गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको छ।

गृहमन्त्री थापाले मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी लगायत नेता तथा पूर्वसचिवका चालक फिर्ता गरिएको थियो।



पूर्वप्रहरीले नै मानेनन् गृहको निर्देशन 'फिर्ता भएनन् पिएसओ र अर्दली' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट