PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकसाथ चार पुस्तक विमोचित



पहिलोपोस्ट

एकसाथ चार पुस्तक विमोचित

काठमाडौं: बिएन पुस्तक संसारले एकसाथ ४ पुस्तक लोकार्पण गरेको छ। कथाकार रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्ट (लघुकथा संग्रह), खेमराज पोखरेलको राम शाहको चौतारो (लघुकथा संग्रह),सिमानामा आमा(लघुकथा संग्रह) र पगाहा(कथा संग्रह) गरिएको हो।

शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गरी पुस्तकहरु विमोचन भयो। कार्यक्रममा वक्ताहरु प्रा.डा.यादबप्रकाश लामिछाने,डा. रामप्रसाद ज्ञवाली,बिमला नेपालले संयुक्त रुपमा पुस्तक विमोचन गरे।

रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्टमाथि टिप्पणी गर्दै समिक्षक बिमला नेपालले समाजिक,राजनीतिक विषयबस्तुमाथि कथा लेखिएको बताइन्।

त्यसैगरि खेमराज पोखरेलको कथा र लघुकथामाथि डा. रामप्रसाद ज्ञवाली र प्रा. डा. यादबप्रकाश लामिछानेले आ आफ्ना धारणा राखेका थिए। कथाकार पोखरेलले सिमानाको पीडा, महिलाका विषयबस्तुका साथै सामाजिक बिसंगति माथि शसक्त कथा लेखेको बिचार उनीहरुले ब्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell