PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


फौजदारी अभियोग लागेका सांसदलाई ‘निलम्बन’शब्दको अडानबाट सत्तापक्ष 'ब्याक'


फौजदारी अभियोग लागेका सांसदलाई ‘निलम्बन’शब्दको अडानबाट सत्तापक्ष 'ब्याक'

काठमाडौं: फौजदारी अभियोग लागेका सांसदलाई नियमावलीमा ‘निलम्बन’ गर्ने शब्द नराखिने भएको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली मस्यौदामा निलम्बन सरहकै व्यवस्था भएपनि सत्तारुढ दलले निलम्बन शब्द नै राख्नु पर्ने अडान लिदै आएको थियो। उक्त अडानमा सत्तारुढ दल पछि हटेपछि सहमति भएको छ।

नियमावलीमा निलम्बन नै नराखिए पनि सेवा सुविधा लगायतको कुनै सहयोग नपाउने व्यस्था राखिएको छ।

तर निलम्बन शब्द संघीय ऐनमा राखिने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सहमति जुट्दा संघीय ऐनमा निलम्बन शब्द राखिने सहमति भएको संघीय समाजवादी फोरम नेपालका सांसद उमाशंकर अरगडियाले बताए।

आजै बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसुचीमा नियमावली मस्यौदा पारित गर्ने विषय समावेश गरिएको छ।



फौजदारी अभियोग लागेका सांसदलाई ‘निलम्बन’शब्दको अडानबाट सत्तापक्ष 'ब्याक' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट