PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

किमले वार्ताका लागि ट्रम्पसँग घुँडा टेकी बिन्ती गरे : ट्रम्पका वकिल



किमले  वार्ताका लागि ट्रम्पसँग घुँडा टेकी बिन्ती गरे : ट्रम्पका वकिल
फोटो : Reuters

टेल अभिभ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल रूडी जुलियानी ले अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा तय भएको वार्ता रद्द गरेपछि उत्तर कोरियाली नेताले शिखर सम्मेलन गराउन बिन्ती गरेको बताएका छन्।
 
इजरायलमा पत्रकार सम्मेलनमा बोल्दै जुलियानीले अमेरिकी राष्ट्रपतिको कडा व्यवहारका कारण उत्तर कोरियाले आफ्नो हठ त्यागेको उनको भनाइ छ।
 
उत्तर कोरियाले देखाएको आक्रोशपूर्ण व्यवहारका कारण ट्रम्पले वार्ता रद्द गरेको जनाइएको थियो। तर पछि ट्रम्पले फेरी किमसँगको वार्ता टरि नसकेको अभिव्यक्ति दिएका थिए।

वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार जुलियानीले भने "किम जोङ उनले घुँडा टेकेर वार्ताका लागि याचना गरेका थिए, ठिक त्यस्तो परिस्थितीमा जसमा तपार्इ उनलार्इ देख्न चाहनुहुन्छ।"

जुलियाना ट्रम्पका वकिल हुन र उनी अमेरिकी राष्ट्रपति चुनावमा रूसको कथित हस्तक्षेपका बारेमा भइरहेको अनुसन्धान हेरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिच सिङ्गापुरमा जुन १२ मा हुने शिखर वार्ताको तयारी भइरहँदा जुलियानीको यस्तो भनाइ आएको हो। 

उत्तर कोरियाले जुलियानीको यो  टिप्पणी माथि केही प्रतिक्रिया दिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell