PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानसेनापति क्षेत्री भारत प्रस्थान



प्रधानसेनापति क्षेत्री भारत प्रस्थान

काठमाडौंः प्रधानसेनापति राजेन्द्र क्षेत्री छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। 

भारतीय सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

क्षेत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष सहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। क्षत्री २८ गते नेपाल फर्कने कार्यक्रम रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell