PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सिरियाली राष्ट्रपति असद उत्तर कोरिया जाने



सिरियाली राष्ट्रपति असद उत्तर कोरिया जाने
फोटो: BBC

सिरियाली राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको राजकीय भ्रमण गर्ने योजना बनाएको उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ।

सिरियाका लागि उत्तर कोरियाली राजदूतको ओहदाको प्रमाणपत्र बुझेपश्चात असदको यस्तो भनाइ आएको हो। केसिएनएकाअनुसार उक्त भेटमा असदले उत्तर कोरियाको भ्रमण गर्न जाने र किम जोङ उनसँग भेट्ने बताएका हुन्।तर, असदको भ्रमणको मितिबारे भने केही खुलाइएको छैन।

सिरिया र उत्तर कोरियाबीच रासायनिक हतियारहरूको संचालनको आरोप लगाइएको छ। तर दुवै राष्ट्रहरूले आरोपहरू अस्वीकार गर्दै आएका छन्।

किम जोङ उनले सन् २०११ मा उत्तर कोरियाको सत्ता सम्हाले पश्चात  उत्तर कोरिया पुग्ने बसर अल असदले पहिलो राष्ट्रप्रमुखलाई हुनेछन्।

पछिल्लो पटक आफनो कूटनीतिक गतिविधिहरू तीव्र पार्दै गएका किम जोङ उनले जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग शिखर बैठक गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell