PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जोर्डनकामा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, राजा प्रधानमन्त्रीको विरुद्धमा



जोर्डनकामा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन, राजा प्रधानमन्त्रीको विरुद्धमा
तस्विर : Reuters

अम्माम : जोर्डनका राजा अब्दुल्लाहा द्वितियले प्रधानमन्त्री हान अल-मुलिकीलाई मूल्यवृद्धि र आयकर सुधार सम्बन्धी बिलका विषयमा बढ्दै गएको आन्दोलनका कारण राजीनामा माग्न सक्ने अलजजिरालाई जनाएको छ।

लगातार चार दिनदेखि सयौं जोर्डियन नागरिक राजधानी अम्मामका सडकमा जम्मा भइ मूल्यवृद्धि र गत महिना संसदमा पठाइएको आयकर सुधार सम्बन्धी बिलका विरुद्ध प्रदर्शन गरिरहेका छन्। 
 
राजतन्त्रात्मक शासन रहेको जोर्डनका विभिन्न शहरहरुमा  प्रधानमन्त्री हान अल-मुलिकीको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको छ। 

२०१६ मा देशको अर्थतन्त्र, क्षेत्रीय उतावचढाव र शरणार्थी समस्या सुधार गर्नुपर्ने जिम्मेवारीका साथ मुलिकी प्रधानमन्त्री बनेका थिए।

सरकारले भने सार्वजनिक सेवाको लागि थप कोष चाहिने  तर्क गर्दै आयकर सुधार सम्बन्धी परिवर्तनले उच्च कमाई भएकाहरुमाथि दबाब थप्दै सामाजिक असमानताहरूलाई घटाउने तर्क गरेको छ।
 
जोर्डन लामो समयदेखि आर्थिक समस्याबाट पीडित भएको र विदेशी सहायतामा धेरै निर्भर रह्दै आएको छ। जोर्डनमा  २०१८ मा मात्रै इन्धनको मूल्य पाँच पटक बढेको छ भने बिजुली बिलहरू ५५ प्रतिशतसम्म बढेको छ। 

प्रधानमन्त्री हान अल-मुलिकीले राजा अब्दुल्लाहा द्वितीयसँग सोमबार भेट गर्न सक्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell