PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मानिस जहिल्यै थाकिरहनुका ७ कारण



मानिस जहिल्यै थाकिरहनुका ७ कारण
फोटो: eatthis.com

तपाई प्राय सधै थकित भइराख्नु हुन्छ? 

हरेक समय थकान महसुस गर्नुहुन्छ?  

तपाईलाई आरोप लाग्न सक्छ - व्यस्त जीवनशैली थकानको कारण हो। त्यसो भए जीवनशैली परिवर्तन गर्नुस। एक हप्तासम्म समयमै पहिला भन्दा धेरै सुत्नुस्। खानपानमा ध्यान दिनुस्।  व्याम गर्नुस्। तैपनि तपाइको थकाइ घटेन। 

अब आफैलाई प्रश्न गर्नुस  ' म किन थकान महसुस गरिरहेको छू।' जवाफ केही पाउनु भएन। तपाइलाई लाग्छ तपाइमा केही समस्या नै छैन
    
त्यसो भए किन थकाइ लागिरहन्छ ?

आराम गर्दा र जीवनशैली परिवर्तन गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ हुन सक्छ। यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ। आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ। यस्तो हुनुको संकेत मानिस डेन्जर रोगको चक्रमा फस्न लागेको छ भन्ने हो।

मुटुको समस्या

हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिलेदेखि नै असामान्य थकान अनुभव हुन थाल्छ। पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ। 

कलेजोको समस्या

कलेजोमा देखिएको समस्याले पनि मानिसहरुलाई अत्यधिक थकान महसुस हुन्छ। रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागूऔषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन सक्छ। हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण यस्तो हुदाँ देखिन्छ। 'लिभर फङसन टेस्ट' गराए सम्भावित जोखिमबाट बच्न सकिन्छ।

एनिमिया

शरीरमा आइरनको कमी भयो भने मानिस धेरै थाक्छ। महिनावारी, गर्भ रहेका बेला या स्तनपान गराएका बेला महिलाहरुलाई आइरनको कमी हुन्छ। यसमा छालाको रंग पहेंलो हुन्छ। सोही कारण महिलाहरु थाक्छन्। 

थाडइराइ

थाइराइडको समस्या भएका मानिसहरु धेरै थाक्न सक्छन्। थाइराइड अधबैंसै उमेरमा हुन्छ। यो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन या कपाल झर्ने समस्या हुन्छ। हर्मोन कमी भएको कारण मानिसहरु थकाइ महसुस गर्छन्।

डिप्रेसन

थकानको प्रमुख कारण मध्य डिप्रेसन पनि एक हो। डिप्रेसन भएपछि मानिसको जीवनशैली परिवर्तन हुन्छ। न उसले समयमा खान पाउछ न सुत्त नै। अत्याधिक तनावको कारणले पनि मानिस प्राय थकित देखिन्छ।

डिहाइड्रेसन

शरीरमा पानीको कमीले बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गाह्रो हुने, चिडचिडाहट हुन्छ। यो नै डिहाइड्रेसन हो। पानी कम हुदाँ मानिसले स्फूर्ति महसुस गर्दैन। पानीको कमीले शरीरका अंगहरुले राम्रो काम गर्दैन र मानिस अत्याधिक थाक्छ। यीलगायत अस्वस्थ खानपान, मदिरा  सेवन आदिको कारणले पनि मानिस थकान महसुस गर्छ।

दुखाई 

शरीरका विभिन्न अंगहरु दुख्नु पनि थकानको कारण हो। कतिपय मानिसको शरीर अत्यधिक दुख्ने हुन्छ।  जोर्नीहरु दुख्ने, मांसपेसी दूख्ने कारण पनि मानिसहरु थाक्छन्। टाउको दूख्नू पनि थकाइको अर्को कारण हो।
 

समाधान के? 

व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट मानिसहरु बढी थकित हुन्छन्। यस्तो अवस्थामा मनोवैज्ञानिक सल्लाह लिन सकिन्छ। डाक्टरको सल्लाहमा औषधि लिए पनि फाइदाजनक हुन्छ। अथवा निद्रा पुर्याउन सके केही हदसम्म समस्या समाधान हुन्छ।

धूमपान र मदिराबाट टाढै रहदाँ पनि मानिस अत्यधिक थकानबाट मुक्त हुन सक्छ। सन्तुलित आहार लिएर दैनिक एक घण्टा एक्सरसाइज गर्दा पनि थकानको समस्याबाट मुक्ति मिल्छ।

कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराएर आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अपडेट रहनुपर्छ। श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउन सकिन्छ।

सुगरको लेभल घटबढ देखिए हिमोग्राम, हेमोग्लोबिन टेस्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङजस्ता परीक्षण गर्नुपर्छ। यो पनि थकान गराउने प्रमुख समस्या हो।

थाइराइड हुनेहरुले थाइराइड प्रोफाइल (टी ३, टी ४, टीएसएच), थाइराइड एन्टीबडी, थाइराइड स्क्यान गराउनुपर्छ। टीएसएच थाइराइड बढाउने हर्मोन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell