PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्पेनमा समाजवादी सरकारः ३५० सिटमा ५० सांसदमात्र भएको दलको नेता ४६ वर्षे पेड्रो प्रधानमन्त्री



स्पेनमा समाजवादी सरकारः ३५० सिटमा ५० सांसदमात्र भएको दलको नेता ४६ वर्षे पेड्रो प्रधानमन्त्री
फोटो: thenational.ae

मर्डिडः स्पेनमा समाजवादी सरकार गठन भएको छ। सामाजवादी नेता पेड्रो सान्चेजले शनिवार प्रधानमन्त्रीको रुपमा शपथ लिएका छन्। 

शुक्रवारमात्र त्यहाँका प्रधानमन्त्री मारियानो राजोयलाई अविस्वासको प्रस्ताव मार्फत संसदले बर्खास्त गरेको थियो। 

स्पेनको समाजवादी वर्कस पार्टीको नेतृत्वमा २०१४ मा आएका उनले समाजवादी पार्टीलाई एक ढिक्का बनाउँदै सोही वर्ष निर्वाचनमा होमिएका थिए। ४६ वर्षीय सान्चेज त्यस अगाडि कुनै पनि राजनीतिक नेतृत्वमा थिएनन्। 

पूर्व बास्केटवल खेलाडी समेत रहेका उनले भ्रष्टाचारको अभियोगमा मारियानोमाथि अविस्वासको प्रस्ताव ल्याउन अभियान चलाएका थिए। उनको अभियानमा त्यहाँको संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका सांसदले समेत खुला रुपमा समर्थन गरेका थिए।
 
उनको नेतृत्वको पार्टी समाजवादी वर्कस् पार्टीले संसदको कुल ३५० सदस्यमा ५० सिट मात्र हासिल गरेको छ। उनले सरकार निर्माणका लागि अन्य दलको समर्थनसमेत प्राप्त गरेको सीएनएनले जनाएको छ। उनले सरकार चलाउनका लागि आफ्नो समर्थनमा रहेका दलहरुलाई फरक विचारधाराका बाबजुद पनि विस्वासमा लिएर अगाडि बढ्नुपर्नेछ। 

उनको शपथग्रहण समारोहमा अपदस्त प्रधानमन्त्री रोजोय समेत उपस्थित थिए। त्यहाँको शाही दरबारमा भएको शपथ समारोहमा उपस्थित रोजोयले नवनियुक्त प्रधानमन्त्रीसँग हात मिलाए र त्यहाँको राजसंस्थासँगै फोटो खिचाए। उनलाई त्यहाँका राजा फिलिपे छैठौँले शपथ गराएका थिए। 

सान्चेजले त्यहाँका प्रधानमन्त्री तथा कन्जरफेटिभ तथा लोकप्रिय पार्टीका नेतामाथि अदालतमा देशभित्र भएका भ्रष्टाचारका मुख्य आरोपहरुमा दोषी देखाउँदै बर्खास्तगीको बाटो देखाएका थिए। 

संसदमा शुक्रबार भएको मतदानमा १८० मत अविस्वासको मतको पक्षमा परेको थियो। भने १६९ मत त्यहाँको प्रधानमन्त्रीको पक्षमा परेको थियो। एक जना सांसद भने अनुपस्थित भएको फक्स न्यूजले जनाएको छ। 

स्पेन युरोजोनको चौथो ठूलो अर्थतन्त्र हो। सान्चेज र उनको पार्टीले इयु र संयुक्त मुद्राको पक्षमा वकालत गर्दै आएको छ। 

उनले अल्पमतको सरकारको नेतृत्व गर्ने छन् भने उनले संसदीय अभ्यास तथा सरकार सञ्चालनको लागि फार लेफ्ट पोडेमोस (हामी सक्छौँ) पार्टीका साथ साथै क्षेत्री पार्टी र क्याटलन क्षेत्रको पार्टीलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने हुन्छ। 

क्याटालोनियासँग वार्ताका लागि आह्वान

यसैबीच प्रधानमन्त्रीको रुपमा सपथ लिएसँग सान्चेजले उत्तरपूर्वी क्षेत्रको क्याटालोनियाका नेताहरुसँग वार्ताको लागि आह्वान गरेका छन्। 
नयाँ सरकार गठनसँगै क्याटालोनियाली पृथकतावादी नेतृत्वले आफ्नो क्षेत्रमाथिको नियन्त्रण पुनः प्राप्त गरेको बीबीसीले जनाएको छ। क्याटालोनीया क्षेत्रमा स्पेनको केन्द्रीय सरकारको नियन्त्रणबाट मुक्त भएको भन्दै उत्सव समेत मनाइएको छ। 

यस क्षेत्रको स्वयत्तता करिब सात महिना देखि मड्रिडले हातमा लिएको थियो। क्याटलोन क्षेत्रलाई छुट्टै राष्ट्रको माग गर्दै सुरु भएको आन्दोलनलाई केन्द्र सरकारले दबाएर त्यहाँको स्वत्त्ता खारेज गरेको थियो। 

अब यस क्षेत्रमा पूर्व राष्ट्रपति चाल्र्स पुज्डेमोन्डका निकट सहयोगी क्यूइम टोराले सरकारको नेतृत्वको गर्ने छन्। पुज्डेमोन्डलाई पृथकतावादी आन्दोलनको नेतृत्व गरेको अभियोगमा अपदस्त गरी पक्राउको प्रयास गरेको थियो। हाल उनी निर्वासनमा रहेका छन्। उनका सहयोगीहरुले केन्द्रले पक्राउ गरेको छ। 

क्याटोलन नेता टोराले आफ्नो सरकार क्याटलोनको स्वतन्त्रताको लडाइलाई थप परिस्कृत गर्दै अगाडि लैजाने बताएका छन्। कार्यक्रममा चार निर्वासित पूर्वसरकारका मन्त्रीका आफन्तले उनीहरुले पठाएको पत्र वाचन गरेका थिए। 

नवनियुक्त प्रधानमन्त्री सान्चेजले अर्को जनमत संग्रहलाई अस्वीकार गरेका छन् तर उनले वार्ताको ढोका समेत खुला रहेको जनाएका छन्। 
‘सान्चेजले क्याटलोन र बास्कुलाई स्पेनभित्रको छुट्टै राष्ट्रको रुपमा पहिचान दिएका छन्। नाकी क्षेत्रको रुपमा। यो त्यहाँका लागि खुसीको कुरा हो। जनु रोजोय सरकारले दिएको थिएन्,’ स्पेनको बार्सिलोना विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक जेभियर टोरेन्सले बीबीसीसँग भनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell