PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जी–७ बैठकमा अमेरिकी कर नीतिको आलोचना, अमेरिकासँग व्यापार युद्ध हुन सक्ने चेतावनी



 जी–७ बैठकमा अमेरिकी कर नीतिको आलोचना, अमेरिकासँग व्यापार युद्ध हुन सक्ने चेतावनी
तस्विर: France 24

क्यानडामा भएको ‘जी–७’ राष्ट्रका अर्थमन्त्रीहरुको बैठकमा अमेरिकले स्टील र एलुमिनियममा कर लगाउने गरेको निर्णयको कडा आलोचना गरिएको छ।  क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र अमेरिका सम्मिलित  जी ७ बैठकमा अमेरिकी सरकारको निर्णयप्रति असन्तुष्ट बनेका  उनीहरुले  अमेरिकी अर्थमन्त्री स्टिभ मनुचिनसँग अमेरिकी नीतिको तीब्र आलोचना गरेका हुन्। उनीहरुले अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिनमात्रै बाँकी रहेको चेतावनी समेत दिएका छन्।

बैठकमा इयु र क्यानाडाले अमेरिकी कदमको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। फ्रान्सका अर्थमन्त्री ब्रुनो लि मारिया भने व्यापार युद्ध नै शुरु हुन सक्ने चेतावनी दिएका छन्।
 
बैठकमा अमेरिकी अर्थमन्त्री स्टिव स्टिभ मनुचिनले अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व नछाडेको तर्क गर्दै आफूले अरु देशहरुको चिन्ता राष्ट्रपति ट्रम्पसमक्ष पुर्याएको बताएका छन्।

यता, वर्षौंदेखि अरू देशले आफ्नो देशको व्यापारमा शोषण गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी कर नीति अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भएको र यसबाट अमेरिकी स्टील उत्पादकहरुको संरक्षण हुने बताएका छन्। 

उक्त अमेरिकी निर्णयको बेलायत, फ्रान्स, युरोपेली संघ, मेक्सिको, क्यानडा लगायतका राष्ट्रले विरोध गर्दै उनीहरुले अमेरिकालाई पनि जस्तालाई त्यस्तै व्यवहार गरिने चेतावनी दिएका थिए।
 
क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडोले अमेरिकाले कर लगाउने निर्णयले क्यानडा र अमेरिकाबीचको सम्बन्धलाई नै अपमानित गरेको बताएका थिए भने फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनलले अमेरिकी कदमलाई गैरकानूनी भनेका भनेका थिए।
 
अमेरिकाले बिहीवारबाट युरोपेली संघ, मेक्सिको र क्यानडाबाट स्टील आयातमा २५ प्रतिशत र एल्मुनियम आयातमा १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell