PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

३३ केजी सुन प्रकरणः राजनीतिक संलग्नता अहिलेसम्म अमूर्त कुरा हो, प्रमाणको खोजीमा छौँ -पौडेल



पहिलोपोस्ट

३३ केजी सुन प्रकरणः राजनीतिक संलग्नता अहिलेसम्म अमूर्त कुरा हो, प्रमाणको खोजीमा छौँ -पौडेल

काठमाडौँ: ३८ सय किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका व्यक्ति पक्राउ परिसकेका छन्। सरकारले गठन गरेको विशेष छानबिन समितिले एक लेयरका सुन तस्करीहरुलाई कानुनी दायरमा ल्याइसकेको दाबी गरेको छ। तर अदालती बयानमा भने एकले अर्कोलाई मुख्य कारोबारी भन्दै बचाउ गरिरहेका छन्। छानबिन समिति भने अझै पनि सुन तस्करीमा अरूको पनि संलग्नता देखिएको भन्दै अनुसन्धान जारी राखेको छ वा अब अनुसन्धान टुङगिएको हो? यस विषयमा पहिलोपोस्टका संवाददाता सविन ढकालले समितका संयोजक ईश्वरराज पौडेलसँग गरेको कुराकानीः-


सुन तस्करी प्ररकरण मुख्य भनिएका व्यक्ति पक्राउ परिसेके? अब अनुसन्धान के हुन्छ?

अनुसन्धान जारी छ। यो अनुसन्धानकै क्रममा रहेकाले अनुमान गर्न हुँदैन। खोतल्दै जाँदा अँध्यारो गुफामा छिरेर आफ्ना मार्गहरू पहिल्याउँदै जानुपर्ने जस्तो देखिन्छ। त्यसले गर्दा यो निरन्तर जान्छ।

 

तपाईँहरूको थप गरेको समय त सकिन लाग्यो हैन?

अझै १० देखि १५ दिन जति बाँकी नै छ। केही पात्रहरू अझै पनि शङ्काको घरमा छन्। उनीहरूको बारेमा प्रमाणित गर्ने तथ्य प्रमाण जुटाउँछौँ।

 

शङ्काको घेरामा अरू छन् भन्नुभयो। अहिले नियन्त्रणमा लिएका भन्दा माथिल्लो लेभलका पनि छन्?

त्यो चाहिँ दुबै हुने भए। तलका पनि हुने भए। माथिका पनि हुने भए। सङ्गठित अपराधमा एउटा चेन हुन्छ। एउटा एउटा सिक्री हुन्छ। अहिले सिक्री बीचबाट टुटाउने हो। बिचका केही भाग भेटिइसके। केही छुटेका छन् त्यही चेन भित्रका हुन्। तलमाथि जताका भए पनि।

 

त्यसो भए अहिलेका गोरे मुख्य अभियुक्त हुन् कि होइनन् त? उनीभन्दा माथि अरू छैनन् त?

बयानले के बोल्छ भन्ने कुरा गौण विषय हो। व्यक्तिलाई अदालतले चुप रहने अधिकार समेत दिएको छ। आफ्नाविरुद्ध बचाउ जो कोहीले पनि गर्न पाउँछ। उहाँले कानुन बमोजिम आफ्नो बचाउन गर्ने भयो। त्यो स्वाभाविक हो। प्रमाणले नछोडेको कारणले नै उहाँहरूलाई अदालतले थुनामा पठायो। प्रमाण बलियो भएर नै अदालत पुगेका हुन्। प्रमाण बलियो भइसकेकपछि तपाईँले अर्कालाई दोष दिए पनि, आफ्नो बचाउ गरे पनि प्रमाण भएपछि अदालतले थुनामा पठाउने हो।


त्यसो भए मुद्दा बलियो भएर गएको छ?

मुद्दा बलियो भएर नै गएको छ।

 

अभियोगपत्रमा भनिए झैँ गोरे नै मुख्य अभियुक्त भयो होइन त?

सनमा शाक्यको हत्यामा गोरे नै मुख्य अभियुक्त हो। करेन्ट लगाए मार्नेदेखि सबैमा गोरे नै देखिएको छ।

 

सुन तस्करीको चाहिँ को हो त?

सङ्गठित अपराधमा चाहिँ अरू पनि हुन सक्छन्। एक खालको मुख्य पात्र गोरे पनि हो। अरू खोज्दै जाँदा भेटिएला

 

गोरेले त राजनीतिक दलका नेताको पनि नाम लिएका छन् नि त?

राजनीतिक संलग्नता भनेको एक किसिमको अमूर्त कुरा पनि हो। यसलाई मूर्त बनाउने भनेको फेरि पनि प्रमाण, तथ्य र एक किसिमको डाटाले नै हो। त्यो बिना त्यतापट्टि फर्केर बोल्न सकिँदैन। प्रमाणको खोजीमा छौँ।

 

राजनीतिक दलका नेताको संलग्नता देखिए तपाईँहरूको खुटा दह्रो हुन्छ त?

यो त प्रश्न नै भएन। यो अहिलेसम्मको उपलब्धि सानो हो र ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell