PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इटालीमा ११ हप्तापश्चात् सरकार बन्दै



इटालीमा ११ हप्तापश्चात् सरकार बन्दै
तस्विर : AFP

इटाली :  कुनै पनि राजनीतिक दलले बहुमत पुर्‍याउन नसकेपछि इटालीमा गत मार्च महिनादेखि रहेको सरकारविहिनता अन्त्य गर्दै इटालीमा नयाँ गठबन्धन सरकार बन्ने सहमति जुटेको छ ।

गठबन्धन सरकारमा  इटालीका  फाइभ स्टार पार्टी र राइट विङ लिग सहभागी हुनेभएका छन्।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ग्युसेप्पी कोन्टीले दोश्रो पटक राष्ट्रपति सेर्जियो माट्टारेल्लालाई आफ्ना मन्त्रीहरुको सूची बुझाए पश्चात सरकार गठन हुन लागेको हो।
 
पछिल्लो पटक राष्ट्रपति सर्जियो म्याटारेल्लाले गियुसेप्पी कन्टीले  बुझाएको सूचीमा रहेका यूरोपियन युनियन विरोधी उम्मेद्वार भनिएका पाओलो सभोनालार्इ अर्थमन्त्री बनाउन अस्वीकार गरेपछि इटलीमा राजनीतिक संकट गहिरिएको थियो।
 
राष्ट्रपतिको उक्त कदमको विरोध गर्दै इटलीको सबैभन्दा ठूलो दलले राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउने तयारी गरेको थियो भने राइट विङ्ग लिगका नेता म्याटेव स्लाभिनीले  नयाँ चुनावको माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell