PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

स्वास्थ्यमा ५६ अर्ब ४१ करोड : सुत्केरी यातायात भत्ता दोब्बर, अस्पतालमा छुट्टै जेष्ठ नागरिक वार्ड



पहिलोपोस्ट

स्वास्थ्यमा ५६ अर्ब ४१ करोड : सुत्केरी यातायात भत्ता दोब्बर, अस्पतालमा छुट्टै जेष्ठ नागरिक वार्ड

काठमाडौं: अर्थमन्त्री युवराज खतिवडा संसदमा बजेट पेश गर्दैछन्। स्वास्थ्य श्रेत्रमा यो वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरिएको छ। सरकारले आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड छुट्याएको छ। विश्वविद्यालयको नाम योगमाया आयुर्वेद विश्वविद्यालय राखिने उल्लेख छ। ७० वर्ष भन्दा माथिका वृद्धवृदद्धालाई रु १ लाखको स्वास्थ्य बिमा गरिने बताइएको छ।

स्थानीय तहमा आगामी २ वर्षमा कम्तीमा एक चिकित्सकको सेवा अनिवार्य बनाइने अर्थमन्त्री खतिवडाले बताएका छन्। यसका लागि १२ सय वडामा ४ अर्ब अनुदान दिने निर्णय गरेको छ। सार्वजानिक यातायातमा तथा सार्वजानिक स्थलमा धुम्रपान निषेध गर्ने पनि बजेटमा उल्लेख छ। धुम्रपान तथा मद्यपान उत्पादन, बिक्रिवितरण तथा आयात निर्यातमा नयाँ निती बनाउने खतिवडाले उल्लेख गरेका छन्।

त्यसैगरि हरेक प्रदेशमा एक एक वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने उल्लेख छ। महामारी रोग नियन्त्रणको लागि विशेषज्ञ टोली गठन गर्ने समेत बजेटमा प्रस्तुत गरिएको छ। त्यस्तै हरेक अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड गठन गर्ने पनि खतिवडाले बताएका छन्। 

सरकारले उपलब्ध गराउने निशुल्क औषधि सबै स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध हुने बजेटमा उल्लेख छ। निजी मेडिकल कलेजको सहयोगमा दुर्गम क्षेत्रमा विशेषज्ञ तहको घुम्ती अस्पताल खोल्ने खतिवडाले उल्लेख गरे। सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाउने बजेटमा उल्लेख छ। स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने समेत खतिवडाले बताएका छन्।

अटिजम भएका बालबालिका तथा सामाजिक काम गर्नेहरुको कामको मुल्यांकन गरि अनुदान दिने बजेटमा उल्लेख छ। त्यस्तै वृद्दवृद्धाको लागि सन्तानले अनिवार्य हेरचाह गर्ने कानुन ल्याइने बजेटमा उल्लेख छ। दुर्गम स्वास्थ्य क्षेत्रका लागि एअर एम्बुलेन्स व्यवस्था हुनेसमेत उल्लेख गरिएको छ।

आधुनिक स्वास्थ्य प्रयोगशाला र अत्याधुनिक मिर्गौला उपचार प्रत्यारोपण स्थापना गरिने खतिवाडाले बताए। थारु समुदायमा देखिएको सिकल सेले एनेमियाको उपचारको लागि अध्यन अनुसन्धान गरिने बजेटमा उल्लेख छ। त्यसैगरि सय शैया भन्दा बढी क्षमता भएको अस्पतालले विस्तारित स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने खतिवाडाले उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell