PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२२ वर्षे अमरेन्द्रको ओछ्यान दैनिकी : ह्विलचेयर बिग्रेसँगै घोप्टिएरै सुत्न बाध्य 



राधेश्याम पटेल

२२ वर्षे अमरेन्द्रको ओछ्यान दैनिकी : ह्विलचेयर बिग्रेसँगै घोप्टिएरै सुत्न बाध्य 

वीरगंज: फुसको घरभित्र बाँसको मचान, रातो गन्जी र लुँगीमा मचानमा घोप्टिएर सुत्छन् उनी। ओछ्यान नजिकै पुरानो ह्वील चेयर, लाठी र लोटा, रेडियो, पछाडि बाँसकै हैंगरमा कपडा झुण्डाएर राखिएको छ र मचानमै ओढ्ने गुद्रा पनि छ। सर्लाही, बलरा नगरपालिका - ४ का २२ वर्षीय युवक अमरेन्द्र सहनी ह्विलचेयर बिग्रेकै कारण यसरी घोप्टिएरै सुत्न बाध्य छन्।

उनको कम्मरमुनिको अंग चल्दैन। ८ वर्षदेखि उनी ह्वील चेयरमै गाउँ डुल्थे। त्यही ह्वीलचेयर पनि भाँचियो। भाँचिएको ह्वीलचेयरमा प्लाष्टिकको बोरा बेरेर प्रयोग गरेरै उनी गाउँ डुल्न निस्के। यसैले उनको हिपमा घाउ(बेडसोर) देखियो। त्यसपछि उनी एकोहोरो घोप्टिएरमात्र सुत्न सक्छन्।

‘उनी उतानो परेर सुत्न सक्दैनन्, सुते भने घाउ अझै बढने सम्भावना छ,’ छिमेकी जयमोद ठाकुरले भने। ढाडको नशा सर्केको रोगबाट पीडित अमरेन्द्रको जीवन अत्यन्तै कष्टकर बनेको उनले बताए। पहिलेको ह्वील चेयर खराब भइसकेकोले उनले दुई महिनादेखि निकै कठिनाई भइरहेको उनले बताए। 

बाँसघारीबाट सिधै ह्विलचेयर


अमरेन्द्र उनी ७ कक्षामा पढ्दाताका १४ वर्षका थिए। त्यहीबेला साथीभाइसँग बाँसको पात टिप्न बाँसघारी पुगेका अमरेन्द्र बाँसबाट खसेर घाइते भएका थिए। घरको गाईभैसीलाई खुवाइने बाँसको पात नै उनको जीवन बर्बाद पार्यो। बाँसको गाछीबाट खसेर उनी अस्पताल भर्ना त भए तर उभिन्न सकेनन् त्यसपछि। अमरेन्द्रको ढाडको नशा चुँडिएछ।
 
उनी अब आफ्नै खुटा र कम्मरको बलमा उभिन नसक्ने भए। उपचारको लागि वीरगंजदेखि काठमाडौंसम्म पनि धाए। तर, उनको उपचारलाई खर्चले भ्याएन। अन्त्यमा घरमै ल्याएर राख्न बाध्य भए उनका बुवा। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell