PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बौद्धिक चोरी रोक्न चिकित्सकहरु एकजुट हुँदै



बौद्धिक चोरी रोक्न चिकित्सकहरु एकजुट हुँदै

काठमाडौं: अनुसन्धानका क्षेत्रमा बौद्धिक चोरी हुन थालेपछि चिकित्सकहरु चिन्तित बनेका छन्। बौद्धिक चोरीको पराकाष्ठा नाघेपछि चोरी रोक्ने बिषयमा चिकित्सकहरु हातेमालो गर्ने भएका छन्। 

हाडजोर्नी सम्बन्धी चिकित्सकहरुको छाता संगठन 'एओ अलायन्स फाउण्डेसन'ले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा बिभिन्न अनुन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकहरु हातेमालो गरेर अगाडी बढ्ने भएका हुन्। 

'चिकित्सकहरुले विभिन्न विषयमा वर्षौ लगाएर गरेको अनुसन्धानलाई कपीपेस्ट गरेर अरुले तथ्याङ्क राख्ने गरेका छन्, यसको अन्त्यका लागि सबै मिल्नुपर्छ', कार्यक्रमका संयोजक डा रमेश प्रसाद सिंहले भने। सिंहका अनुसार चिकित्सा क्षेत्रमा हुने अनुसन्धानमा बौद्धिक चोरी धेरै हुने गरेको छ। केही व्यक्तिहरुले अरुले गरेको अनुसन्धानलाई चोरेर आफु प्रतिवेदन पेश गर्दै आएका छन्।

चिकित्सकहरुले अनुसन्धानका क्षेत्रमा के कस्तो आचारसंहिता अपनाउनु पर्छ भन्नेमा जानकारी गराईएको थियो। अनुसन्धानको डाटा चोरेर सम्बन्धीत ठाउँमा बुझाउने गरेका कारण अनुसन्धानमा प्रश्न उठेको पनि सिंहले बताए। कार्यक्रममा ४० जना चिकित्सक सहभागी भएका थिए।

कानुनत बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धीत व्यक्तिलाई कलोसुचीमा राख्न सकिने उल्लेख छ। सो कार्यक्रममा बौद्धिक चोरीलाई रोकेर नयाँ अनुसन्धानमा चिकित्सकहरु लाग्न प्रेरित गरिएको छ। प्रशिक्षण दिन भारतबाट २ स्वीजरल्याण्डबाट १ र पाकिस्तानबाट १ गरी चार जना विज्ञहरु आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell