PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवा सरकारको निर्णयलाई ओली सरकारले बेवास्ता गरेपछि स्पाइनल इन्जुरीका बिरामी सडकमा



देउवा सरकारको निर्णयलाई ओली सरकारले बेवास्ता गरेपछि स्पाइनल इन्जुरीका बिरामी सडकमा

काठमाडौं: स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरु सरकारले जीवन निर्वाह भत्ता रोकेको भन्दै आन्दोलनमा उत्रिएका छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई ५ हजार मासिक भत्ता दिने निर्णय गरेको थियो। 

२०७४ पुस १३ गतेको मन्त्री परिषदको बैठकले गम्भीर प्रकारका रोग मानिने इस्पाइनल कर्ड इन्जुरी, डाइलासिस गराइरहेका मृगौला रोगी र क्यान्सरका रोगीलाई यस्ता भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओली सरकारले आफ्नो नीति तथा कार्यक्रममा सो भत्ताका बारेमा उल्लेख गरेका छैनन्। ओली सरकारले रकम वितरणका लागि मापदण्ड नभएको भन्दै हाललाई रोक्ने निर्णय गरेको थियो। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भने जीविकोपार्जन भत्ताको लागि रकम छुट्याउन दबाब दिँदै उनीहरु आन्दोलित भएका हुन्।

विरोधस्वरुप आइतबार गम्भीर अपाङ्गता भएका व्यक्तिहरुले आइतबार माइतीघर मण्डलामा धर्ना दिएका छन्। यसअघि उनीहरुले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई यस बारेमा ध्यानाकर्षण गराएका थिए। आन्दोलनको पहिलो दिन उनीहरुले जोरपाटीमा जुलुश निकालेका थिए। दोस्रो दिन आज माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell