PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : बर्षा र रोहितलाई स्वर्ण



पहिलोपोस्ट

प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते : बर्षा र रोहितलाई स्वर्ण

काठमाडौँ :  बर्षा साउद र रोहित राईले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराते प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन्। हलचोकस्थित एपीएफको कभर्डहलमा भएको महिला एकल कातामा आयोजक एपीएफ बी की बर्षाले प्रदेश १ की रोश्ना राईलाई ४–१ को अन्तरमा हराईन्।

महिला एकल कातामै सेमिफाईनलमा पराजित नेपाली सेनाकी संगिता मगर र प्रदेश ५ की रश्मी पाण्डे संयुक्त रुपमा तेश्रो भए।

पुरुष एकल काताको उपाधि भिड्न्तमा प्रदेश १ का रोहितले एपीएफका गुगिराम घलेलाई ३–२ ले हराउँदै स्वर्ण हात पारे। पुरुष एकल कातामा सेमिफाईनलमा पराजित भएका नेपाली सेनाका डम्बर आलेमगर र प्रदेश ४ का शेरवहादुर धानुक सयुक्त रुपमा तेश्रो भए।

काताको महिला तथा पुरुष दुवै समूहमा नेपाली सेना पहिलो भयो। उसले महिला तथा पुरुष दुबैतर्फको उपाधि भिड्न्तमा प्रदेश ४ लाई हराउँदै स्वर्ण जितेको हो। महिलातर्फ प्रदेश ६ र प्रदेश १ ले तेश्रो स्थान हात पार्दा पुरुषतर्फ प्रदेश १ र प्रदेश ५ ले कास्य जिते।

महिला कुमुतेको ४५ केजी तौल समूहमा नेपाली सेनाकी कुसुम खड्का,एपीएफ बी की बर्षा बुढामगर र भुटानकी दिपा तामाङले सेमिफाईनलमा स्थान सुरक्षित गरेका छन्।

पुरुष कुमुतेको ६७ केजी तौल समूहमा एपीएफ बी का नबिन रसाईलीले सेमिफाईनलमा स्थान बनाए। उनले क्वाटर फाईनलमा प्रदेश १ का रुरिहाङ राईलाई ९–८ अंकको आधारमा हराएका थिए। नबिन एसियाडमा छनोट भएका खेलाडी हुन्।

शसस्त्र प्रहरी बल एपीएफ र नेश्नल सोतो कराते डो एशोसियसनको आयोजनामा भएको दुई दिने प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, जापान र नेपालका सात प्रदेश तथा नेपाली सेना र एपीएफका दुई टिमले सहभागिता जनाएको छ। प्रतियोगितामा महिलातर्फ ८ स्वर्ण तथा पुरुषतर्फ ९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। प्रत्येक स्पर्धाका स्वर्ण बिजेताले नगद १० हजार, रजत बिजेताले ५ हजार र कास्य बिजेताले ३ हजार प्राप्त गर्ने आयोजक संघका महासचिव फडिन्द्र ओझाले जानकारी गराएका छन्।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गरेको प्रतियोगितामा रेफ्रीको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रि राजेन्द्र कपाली तथा खेलाडीकोतर्फबाट गंगा अधिकारीले सपथ लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell