PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कालो लुगामा कालै मुकुन्डो लगाएर सरकारविरुद्ध नेविसंघको प्रदर्शन



कालो लुगामा कालै मुकुन्डो लगाएर सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोध गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ। 

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संघले काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरेको हो। 

काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको संघको सरकारविरुद्धको प्रर्दशन शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै संघका महामन्त्री कुन्दनराज काफ्लेले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell