PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वाम एकताले कांग्रेसमात्र लोकतान्त्रिक भएको सिद्ध भयो, अबको निर्वाचनमा कांग्रेसको जित: देउवा



पहिलोपोस्ट

वाम एकताले कांग्रेसमात्र लोकतान्त्रिक भएको सिद्ध भयो, अबको निर्वाचनमा कांग्रेसको जित: देउवा

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्। 

सभापति देउवाले पाँच वर्ष भित्र पार्टीलाई विजयमा परिणत गर्नेगरी एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

शुक्रबार नेपाल सांस्कृतिक संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले कम्युनिष्ट पार्टीबीचको एकीकरणले काँग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको सिद्ध हुने र आगामी निर्वाचनमा विजयी हुन अनुकूल वातावरण बन्ने दावीसमेत गरे। सभापति देउवाले निर्वाचनमा भएको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए। 

सभापति देउवाले अन्तरघातले पनि पार्टीलाई कमजोर बनाएको भन्दै त्यस्ता नेता, कार्यकर्तालाई कार्वाही गर्ने चेतावनी पनि दिए।


कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले संगठन कमजोर भएकै कारण पार्टीले निर्वाचनमा हार व्यहोरेको स्विकार गरेर अघि बढन सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएका थिए। पौडेलले देउवाप्रति लक्षित गर्दै दुई कम्युनिष्ट मिलेका कारण पार्टीले निर्वाचनमा हारेको भनेर भन्न नहुने तर्क पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell