PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केपीएलको फाइनलमा रुपन्देही र आर्मी भिड्ने



पी बी खड्का

केपीएलको फाइनलमा रुपन्देही र आर्मी भिड्ने

सुर्खेतः रुस्लान कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ भिड्ने भएका छन्। जेठ ३ गते देखि सुर्खेतको रंगशालामा जारी लिगको शुक्रबार भएको सेमीफाइनल खेलमा रुपन्देहीले मध्यपश्चिम क्रिकेट क्लबलाई तथा त्रिभुवन आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई पछि पार्दै फाइनलमा स्थान पक्का गरेका हुन्। फाईनल खेल भोली शनिवार विहान ९ः ३० बजे हुने आयोजकले जनाएको छ।
 
आज भएको पहिलो सेमीफाइनल खेलमा रुपन्देही ११ ले मध्यपश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको योगफल तयार पारेको थियो। रुपन्देहीको लागि  सन्दिप सुनारले सर्वाधिक ५० रन बनाए जुन क्रममा ३० बलमा ७ चौका र २ छक्का प्रहार गरे भने, बशिर अहमदले ४६ रन बनाउन विस्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ५ छक्का र प्रहार गरे। यस्तै शंकर रानाले ३५ रन तथा निश्चल चौधरीले २२ रन  बनाएका थिए।

१७३ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिमले १९.५ ओभरमा १४६ रन मात्रै बनाउन सक्यो। कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ४६ रन, प्रनित थापाले २० रन तथा सिद्धान्त शाहीले १९ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। रुपन्देहीको लागि सन्दिप सुनार र बिकाश श्रेष्ठले समान ३र३ विकेट तथा बिक्र भुसालले २ विकेट हात पारे।

त्यसैगरी, आजै भएको दोश्रो सेमीफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो। 

टस जितेर ब्याटिंग गर्दै धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल खडा गरेको थियो। उसको लागि कप्तान भुवन कार्कीले अविजित ४४ रन बनाउन ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै संजु दमाईले २३ रन, दिपेन्द्र थापाले २१ तथा रोमन बमले १६ रन योगदान दिए। त्रिभुवन आर्मी क्लबका चन्द्र साउद र सगर पुनले समान २र२ विकेट लिए। 

१३२ रनको लक्ष्य त्रिभुवन आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसको लागि खेलको प्लेयर अफ द म्याच समेत चुनिएका नरेश बुढायरले अविजित ६३ रन बनाए जुन क्रममा ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै राजु रिजालले २८ रन बनाए भने  सागर पुनले १४ रन तथा अनिल मण्डलले १३ रन बनउन सफल भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell