PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सर्‍यो 'भैरे'



पहिलोपोस्ट

सर्‍यो 'भैरे'

काठमाडौं : फिल्म 'भैरे'को रिलिज टार्गेट सरेको छ। विविध कारण देखाउँदै रिलिज टार्गेट सार्ने फिल्म मध्यमै पर्‍यो 'भैरे'।

जेठ १८ मा रिलीज गर्ने भनिएको फिल्म आगामी साउन ४ लाई सारिएको छ। निर्देशक एभरेष्ट सुर्य बोहराले चलचित्र निर्माता संघले आह्वान गरेको आन्दोलनले फिल्मको प्रचार गर्न नसकेको कारण देखाउँदै रिलिज टार्गेट सारेको बताए।  

तर, फिल्मका मुख्य कलाकारहरु नयाँ प्रोजेक्टमा व्यस्त रहेकाले प्रचारमा समय दिन सकेका थिएनन्।  

फिल्ममा भने दयाहाङ राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, वर्षा सिवाकोटी, बुद्धि तामाङ, अर्जुन गुरुङ्, जान्वी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, लगायतको मुख्य अभिनय रहनेछ। प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारी फिल्मका दुई निर्माता हुन्। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र बनिष शाहको सम्पादन रहेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell