PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उत्कृष्ट प्रहरी पुरस्कार कालीमाटी र गौशलाका प्रमुखलाई



उत्कृष्ट प्रहरी पुरस्कार कालीमाटी र गौशलाका प्रमुखलाई

काठमाडौं: यस महिनाको उत्कृष्ट प्रहरीको पुरुस्कार महानगरीय प्रहरी बृत कालिमाटी र गौशलाका प्रहरी प्रमुखले पाएका छन्। गत बैशाखदेखि काठमाडौं जिल्लामा कार्यरत प्रहरीले प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार दिने घोषणा गरिएको थियो। कालिमाटीका डीएसपी दिपक क्षेत्री र गौशलाका डिएसी अनुपम श्रेष्ठले संयुक्तरुपमा पुरस्कार पाएका हुन्। 

उत्कृष्ट काम गर्ने एक जना जवानले प्रत्येक महिना १० हजार, प्रहरी हवल्दारले १५ हजार, नायव निरीक्षकले २० हजार, सहायक निरीक्षकले २५ हजार, निरीक्षकले ३५ हजार र प्रहरी नायव उपरीक्षकले ५० हजार रुपैयाँ पुरस्कार दिइएको हो। प्रहरी निरीक्षकमा शर्मिला गुरुङ र पुष्कर बोगटीले पाएका छन्। सईमा टेकबहादुर कुँबर, असई शिव कट्टेल र प्रहरी जवनमा अर्जुन सेठ्ठी पुरस्कृत भएका हुन्। 

उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरीलाई प्रत्येक महिना नगद पुरस्कार दिने गरी मंगलवार महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बंगलादेश बैंकबीच सहमति भएको थियो।

वैसाख १ गतेबाट लागू हुनेगरी एक वर्षसम्मका लागि १८ लाख ६० हजार रुपैयाँ बराबरको रकम पुरस्कारमा उपलब्ध गराउने सहमति बैंकसँग भएको हो। 

काठमाडौं जिल्लामा ३ हजार ३ सय प्रहरी कार्यरत छन्। उनीहरुले गर्ने कामको मूल्याङ्कन गर्ने कमिटी बनाएरै पुरस्कार दिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell