PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'सुश्री सम्पत्ति'को रिलिज टार्गेट तय



पहिलोपोस्ट

'सुश्री सम्पत्ति'को रिलिज टार्गेट तय

काठमाडौं: संचारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म 'सुश्री सम्पत्ति' भाद्र २२ मा प्रदर्शन हुने भएको छ।  निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज टार्गेट तय गरेको हो।

 पोस्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। फल्ममा उनीहरुसँगै प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको अभिनय छ। फिल्ममा प्रियंका कार्कीले अतिथि भूमिका (गेष्ट अपिरियन्स) मा देखिने छिन्।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’मा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell