PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बालकृष्ण ढुङ्गेललाई माफी किन? सर्वोच्चद्वारा सरकारलाई कारण देखाऊ आदेश



बालकृष्ण ढुङ्गेललाई माफी किन? सर्वोच्चद्वारा सरकारलाई कारण देखाऊ आदेश

काठमाडौँ : गणतन्त्र दिवसको दिन आम माफी दिने प्रस्ताव गरिएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलको बारेमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले माफी दिनु पर्ने कारणसहित २४ घन्टाभित्र अदालतमा हाजिर हुन सरकारको नाममा आदेश जारी गरेको हो। 

आइतबार दुवैपक्षलाई अन्तरिम आदेशको छलफलमा समेत बोलाइएको अदालतका सहरजिष्ट्रार भद्रकाली पोखरेलले जानकारी दिए।
ढुङगेल विक्रम संवत् २०८६ सालसम्म जेलमा बस्नुपर्नेछ। 

सरकारले आम माफी दिन लागेको चर्चापछि दिपक त्रिपाठीले अदालतमा रिट हालेका थिए। 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।  

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका ढुङ्गेललाई प्रहरीले गत कात्तिक १४ गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell