PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'डि सिने अवार्ड'को १० औं संस्करणमा अनमोल र नीता उत्कृष्ट



पहिलोपोस्ट

'डि सिने अवार्ड'को १० औं संस्करणमा अनमोल र नीता उत्कृष्ट

काठमाडौं: 'डि सिने अवार्ड'को १० औं संस्करणमा 'कृ'ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो। अभिनेता अनमोल केसीले पनि यही फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते।  

त्यस्तै 'पञ्चायत'बाट नीता ढुंगानाले उत्कष्ट अभिनेत्रीको अवार्ड जितिन्।  फिल्म ‘ब्लाइन्ड रक्स’, ‘मंगलम’बाट पुष्प खड्का र निर्देशकमा नवल नेपालले क्रिटिक्स अवार्ड तर्फको अवार्ड पाए।

 कलाकार बसुन्धरा भुषाललाई ‘लाइफटाइम लिजेन्डरी अवार्ड’ बाट सम्मानित गरियो। राष्ट्रिय सभा गृहमा अवार्ड वितरण भयो।   


यस्तो छ वितरण सूची:  

उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट, 'कृ'

उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की, 'लिलीबिली'

उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ, 'संरक्षण'

उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी, 'संरक्षण'

उत्कृष्ट गायिका: विन्दु परियार, 'मंगलम' (पर्ख पर्ख)

उत्कृष्ट गायक: सुगम पोखरेल, 'ऐश्वर्य' (तिमी रोएको पल)

 उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी, 'दुई रुपैयाँ' (कुटुमा कुटु)

उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज, 'दुई रुपैयाँ' (कुटुमा कुटु)

उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी, 'रुद्र'

उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई, 'पिंजडा ब्याक अगेन'

उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे, 'छक्का पञ्जा २'

उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार, 'ऐश्वर्य'

उत्कृष्ट कथा: नवराज बुढाथोकी, 'भुइँमान्छे'

 उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज, 'लिलीबिली'

उत्कृष्ट संवाद: दिपेन्द्र लामा, 'घामपानी'

उत्कृष्ट नव नायीका: जसीता गुरुङ, 'लिलीबिली'

उत्कृष्ट नव नायक: सलिनमान बानियाँ, 'ए मेरो हजुर २'

उत्कृष्ट नव-निर्देशक: झरना थापा, 'ए मेरो हजुर २'

उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा, 'मंगलम'

उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ, 'घामपानी'

उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत, 'छक्का पञ्जा २'

उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत, 'ए मेरो हजुर २'

उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान, 'कृ'

 उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ, 'मंगलम'

उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना, 'पञ्चायत'

उत्कृष्ट अभिनेता: अनमोल केसी, 'कृ'

उत्कृष्ट निर्देशक: मिलन चाम्स, 'लिलीबिली'

उत्कृष्ट चलचित्र: 'कृ'

उत्कृष्ट पपुलर चलचित्र: 'छक्का पञ्जा २'

पपुलर च्वाइस अवार्ड: 'शत्रुगते'

छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुषाल

छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन

छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल

छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल

 इन्करेजमेन्ट अवार्ड: पुर्णेन्दु झा, 'संरक्षण'

क्रिटिक्स अवार्ड

फिल्मः 'ब्लाइन्ड रक्स' (चाम्स इन्टरटेन्मेन्ट)

अभिनेताः पुष्प खड्का (मंगलम)

निर्देशक: नवल नेपाल (मंगलम)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell