PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'रानीमहल' मा रमाउँदै पूर्व मिस नेपाल नीकिता

'रानीमहल' मा रमाउँदै पूर्व मिस नेपाल नीकिता


तानसेन : खड्गशमशेरले आफ्नी प्रिय रानीको सम्झनामा बनाएको पाल्पाको रानीमहल नजिकैबाट बग्ने कालिगण्डकीको छेउको एउटा ठूलो ढुंगामा सुस्ताइरहेकी थिइन् पूर्व मिस नेपाल नीकिता चाण्डक। उनको काखमा थिए प्रितम राज। उनीहरुलाई घेरिरहेका थिए क्यामेरा र अन्य क्र्यु। 

यो हो 'रानीमहल' को सुटिङ स्पट। 

यतिबेला रानीमहल युनिटका ६० जना सुटिङका लागि पाल्पाको रानीमहलमा छ। लभ स्टोरी ड्रामामा नीकिता चाण्डक मुख्य अभिनेत्री हुन्। फिल्मको पाल्पासँगै पोखरा, स्याङजा, बुटवल, भैरहवा र काठमाडौँमा पनि खिचिनेछ। 

पूर्व मिस नेपाल नीकिता चाण्डकले नेपाली फिल्ममा अभिनय गर्ने रहर भएको बताएको १ वर्ष नबित्दै उनको इच्छा यही फिल्मबाट पूरा भयो। अनुबन्धित कलाकारले फिल्म छोडेसँगै उनले फिल्म 'रानीमहल'मा ठाउँ पाएकी हुन्। मिस नेपाल आयोजक हिडन ट्रिजरसँगको एक वर्षीय कन्ट्र्याक्ट सकिएसँगै उनी अभिनेत्री बनिन्। 

स्वस्तिक फिल्मसको निर्माणलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन्। उनले आफूले धेरै अघि र्‍याफ्टिङ गर्दै रानीमहल आएको र यहाँको सौन्दर्यबाट मोहित भएर सुटिङ स्थल छानेको बताए। फिल्मको पटकथा दीपक पौडेलले लेखेका हुन्।

रानीमहलमा नीर शाह, सुष्मिता के. सी., बि एस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोख्रेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ।


ट्रेन्डिङ पोस्ट

Ncell