PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फ्राइडे रिलिजमा सुनकेशरी, कोसेली र अफिसर



पहिलोपोस्ट

फ्राइडे रिलिजमा सुनकेशरी, कोसेली र अफिसर

काठमाडौं: यो साता फ्राइडे रिलिजमा तीन नेपाली फिल्म रहेको छ। फिल्म सुनकेशरी, कोसेली र अफिसर प्रदर्शन भएको हो।

अर्पण थापाको लेखन तथा निर्देशनमा  बनेको फिल्म 'सुनकेशरी'मा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र लरेन लगायतको मुख्य अभिनय छ। हरर जनरामा बनेको फिल्मलाई भिम न्यौपाने , ऋचा शर्मा र शर्मिला सापकोटाले निर्माण गरेका हुन्।

उपेन्द्र तिमिल्सिना निर्देशित फिल्म 'अफिसर'मा महिमा सिलवालको मुख्य अभिनय छ। फिल्मलाई निराजन शर्माले निर्माण गरेका हुन्। त्यस्तै फिल्म 'कोसेली' फिल्मलाई उमा देवी खत्रीले निर्माण गरेकी हुन् भने मनोज खत्रीले निर्देशन गरेका छन्। यी दुई फिल्मले सिंगलमा मात्र सो पाएका छन्।

बलिउडतर्फ नेपालका लागि फिल्म 'बाइस्कोपवाला' रिलिज भयो। फिल्मलाई देव मेधेकरले निर्देशन गरेका हुन्। फिल्ममा ड्यानी डेन्जोङपा, गीताञ्जली थापा, तिस्का चोप्रा र आदिल हुसेनको अभिनय रहेको छ। रबिन्द्रनाथ ट्यागोरको कथा 'काबुलीवाला'मा आधारित फिल्मले सामाजिक विषय उठान गरेको छ। 

त्यस्तै हलिउड फिल्म 'सोलो: अ स्टार वार्स स्टोरी' प्रदर्शनमा आएको छ। अमेरिकी फिल्मलाई रन होवार्डले निर्देशन गरेका हुन्। फिल्म स्टार वार फ्रेन्चाइजका सदस्य हान सोलोको कथा फिल्मले भन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell