PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपीएल : कोलकता र सनराइजर्स आज भिड्दै, विजेताले चेन्नाईसँग उपाधिका लागि खेल्ने



पहिलोपोस्ट

आइपीएल : कोलकता र सनराइजर्स आज भिड्दै, विजेताले चेन्नाईसँग उपाधिका लागि खेल्ने

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल-११) अन्तर्गत दोस्रो क्वालिफायरमा आज कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।

यस खेलको विजेता फाइनल पुग्नेछ र उपाधिका लागि चेन्नाई सुपर किंग्ससँग खेल्नेछ। चेन्नाई पहिलो क्वालिफायरमा हैदरावादलाई हराउँदै फाइनल पुगेको हो भने पराजित भएपनि हैदरावादले अर्को मौका पाएको हो।

लिग चरणमा हैदरावाद पहिलो र चेन्नाई दोस्रो भएको थियो। यस्तै लिगमा तेस्रो भएको कोलकताले एलिमिनेटरमा राजस्थान रोएल्सलाई पराजित गर्दै उपाधि यात्रामा आफूलाय कायम राखेको हो।

कोलकताले आज सनराइजर्ससँग घरेलु मैदानमा खेल्दैछ र होम ग्राउण्डको एड्भानटेज पनि छ। यसअघि राजस्थानलाई पनि घरेलु मैदानमै पराजित गरेको हो।

लिगचरणसहित पछिल्ला चार खेलमा लगातार जित हात पारेको कोलकता र लगातार चार खेल हारेको हैदरावादबीचको खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ। बलिङ डिपार्टमेन्ट राम्रो भएको हैदरावादको ब्याटिङ धेरै हदसम्म कप्तान केन विलियमसन र ओपनर शिखर धवनमा निर्भर छ। बलिङमा भने स्पीनर रसिद खानसँगै सिमरहरु भुवनेश्वर कुमार, सिद्दार्थ कौउल र सन्दीप शर्माले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

उता ६ खेलाडीले ३ सय भन्दा बटी रन बनाइसकेको कोलकताको टिम कम्बिनेसन पछिल्ला खेलहरुमा राम्रो छ।

कप्तान दिनेश कार्तिकसहित ओपनरद्वय सुनिल नारिन र क्रिस लिन, रोविन उथापा र आन्द्रेस रसेलले उत्कष्ट ब्याटिङ गरिरहेका छन्। रसेल आवश्यक परेको बेला ब्याटिङ र बलिङ दुवैमा माहिर छन् भने स्पीनरको नारिनले पनि ओपनिङ गर्दै कोलकतालाई उत्कृष्ट सुरुवात दिलाउन भूमिका खेल्दै आएका छन्। यस्तै स्पीनरद्वय कुलदिप यादव र पियुष चावला तथा युवा सिमर कृष्ण प्रसिदले पनि पछिल्ला दुई खेलमा राम्रो गरेका थिए।

हैदरावादका भुवनेश्वर कुमार एकै फ्रेन्चाइझका लागि १०० विकेट लिनबाट ४ विकेटले टाढा छन्। उनले ९६ विकेट लिइसकेका छन्। एकै टिमका लागि सय विकेट लिनेमा लाथिस मालिंगा (१५४), हर्भजन सिंह (१३७) र सुनिल नारिन (१११) छन्।

यस सिजन लिग चरणमा खेलेका दुई मध्ये दुवै टिमले १-१ खेल जितेका थिए। यस्तै एडेन गार्डेनमा अहिलेसम्म यी दुईबीच भएको ६ मध्ये ५ खेल कोलकताले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell