PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको १५० तोला सुन, ३०० तोला चाँदी : बौद्धमा साततले घर



पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको १५० तोला सुन, ३०० तोला चाँदी : बौद्धमा साततले घर

काठमाडौं: बुधबार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भयो। सम्पत्ति सार्वजनिक भएपछि धेरैले सबैभन्दा धेरै सुन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भएको उल्लेख गर्यो। अधिकारीसँग ६० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख थियो।

मन्त्रीहरुको सम्पत्तिको समाचार लेख्दै गर्दा राज्यमन्त्रीको सम्पत्तिमा भने कमैको ध्यान गयो। सम्पत्ति विवरणको समाचार लेख्ने क्रममा पुच्छारमा रहेका ४ जना राज्यमन्त्रीको सम्पत्तिमा धेरैले वास्ता पनि गरेनन्।

त्यही सूचीमा रहेका पर्यटन राज्यमन्त्री सुन १५० तोला रहेको उल्लेख गरिएको छ भने चाँदी ३०० तोला। क्रमबद्धता नमिलेकाले पनि उनको सुनमा धेरैको ध्यान नगएको हुनसक्छ। बुढाको सम्पत्ति विवरणमा १ नम्बरको शीर्षकपछि सीधै ३ नम्बरको शीर्षक राखिएको छ।

१ को क मा अचल सम्पत्ति शीर्षकमा बाँकेमा १.५ कट्ठामा बनेको २ तले घर त्यसैगरी डोल्पाको दुनैमा २ रोपनीमा बनेको ३ तले घर श्रीमती हिमाली बुढाको नाममा काठमाडौंको बौद्धमा १७ आनामा बनेको ७ तले घर र हिमालीकै नाममा डोल्पामा ५ आना जग्गामा बनेको २ तले घर रहेको छ।
१ को ख मा जग्गा शीर्षकमा काठमाडौंको बौद्धमा ८ आना जग्गा र हिमाली बुढाको नाममा बौद्धमै १२ आना जग्गा रहेको उल्लेख छ।

१ को ङ मा धनबहादुरको नाममा ४० लाख बराबरको हाइलक्स गाडी रहेको उल्लेख छ। त्यसपछि ३ मा कृषि र पशुधनको विवरण खाली छ। लगत्तै ४ मा अन्य सम्पत्तिको विवरणमा पनि कुनै सम्पत्ति उल्लेख गरिएको छैन। त्यसपछि मात्र २ नम्बरको चल सम्पत्ति विवरण उल्लेख छ। जसमा १५० तोला सुन र ३०० तोला चाँदी उल्लेख गरिएको छ। मन्त्री बुढाले नगद भने उल्लेख गरेका छैनन्।

हेर्नुस् राज्यमन्त्री बुढाको सम्पत्ति विवरण



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell